सहकारीको करोडौं रकम ठगी फरार रहेको आरोपमा दुईजनालाई पक्राउ


लेखक : सुन्दराञ्चल      फाल्गुन ११, २०७८ मा प्रकाशित     
सहकारीको करोडौं रकम ठगी फरार रहेको आरोपमा दुईजनालाई पक्राउ

काठमाडौं ११ फागुन, । सहकारीको करोडौं रकम ठगी फरार रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धाान ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३० का सुरज बस्नेत र काठमाडौं महानगरपालिका-१६ का शिव पाण्डे छन् ।

काठमाडौं-३१ स्थित भरोसा नेपाल बहुउद्देश्ययी सहकारी स‌ंस्थाबाट ६ करोड २५ लाख ठगी गरेको आरोप छ । निक्षेपकर्ताहरूले निक्षेप रकम माग्दा सहकारीमा ताला लगाई फरार भएका जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस्नेत उक्त सहकारीका अध्यक्ष हुन् भने पाण्डे उपाध्यक्ष हुन् ।

सहकारीका १५ जना निक्षेपकर्ताहरूको निक्षेप रकम हिनामिना गरी फरार भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap