सवारीसाधनको प्रति किलोमिटर ७.७५ रुपैयाँ भाडा निर्धारण


लेखक : सुन्दराञ्चल      पुस ३०, २०७८ मा प्रकाशित     
सवारीसाधनको प्रति किलोमिटर ७.७५ रुपैयाँ भाडा निर्धारण

यातायात व्यवस्था कार्यालय जुम्लाले यहाँ सञ्चालित यात्रुवाहक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको छ। पक्की सडकमा ठुला सवारी साधनको प्रतिकिलोमिटर ५.३९ रुपैयाँ,मझौँला सवारीसाधनको ६.६० रुपैयाँ र सानो सवारीसाधनको प्रति किलोमिटर ७.७५ रुपैयाँ भाडा निर्धारण गरेको हो। नयाँ भाडादर अनुसार जुम्ला सदरमुकाम खलंगा देखि कालिकोट सदरमुकाम मान्म सम्म बस यात्रा गर्दा ४ सय ४० रुपैयाँ भाडा तोकिएको छ।

मिनीबसमा ५ सय ४० र जीपनमा जाँदा ६ सय ६५ रुपैयाँ तिर्नु पर्नेछ। जुम्लादेखि सुर्खेत बसमा १२८३ रुपैयाँ भाडा निर्धारण गरिएको छ भने मिनिबसमा १५७० रुपैयाँ कायम भएको छ। जीपमा जाँदा झन बढी १ हजार ८ सय ४५ रुपैयाँ तिर्नुपर्नेछ।  जुम्लादेखि काठमाडौंको बस भाडा २ हजार ८ सय रुपैयाँ तोकिएको छ।

छोटो दूरीमा जुम्लादेखि उम्गाडसम्म बस भाडा २७ रुपैयाँ कायम भएको छ भने जीप–भ्यान ४० रुपैयाँ तिर्नुपर्नेछ। जुम्लादेखि लाम्रा सम्म बस भाडा ४४ र जट्ठप भ्यानमा ६४ रुपैयाँ कायम भएको छ। जुम्लादेखि तातोपानी बस भाडा ६५ र जीप–भ्यान ९६ कायम भएको छ।

जुम्लादेखि कुडारीसम्म बसमा १०८ र जिप भ्यानमा १६० रुपैयाँ भाडा निर्धारण गरिएको छ। जुम्लादेखि रारालिहिसम्म बस भाडा १३५ र जीप–भ्यान भाडा २ सय रहेको छ। जुम्ला बजारदेखि नाग्मसम्म बस भाडा १७३ हुँदा जिपमा यात्रा गर्दा २५६ रुपैयाँ तिर्नुपर्ने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले बताए। कालिकोटको नाग्मबजारदेखि कालिकोटसम्म बसमा २७०,मिनीबस र हाइसमा ३३० र जीपमा३८८ रुपैयाँ तोकिएको छ। मान्मदेखि सुर्खेतसम्म बसमा ८४०,मिनीबस र हाइस १०३० र जीपमा १२०९ रुपैयाँ भाडा कायम गरिएको हो।

उनका अनुसार छोटो दूरीमा चल्ने अटो रिक्साको भाडा ४० देखि बढीमा ७० रुपैयाँसम्म कायम गरिएको छ। जुम्ला बजारदेखि उमगाड सम्म ५० रुपैयाँ,उमगाडदेखि लाम्रासम्म ३० रुपैयाँ,लाम्रादेखि तातोपानी सम्म ४० रुपैयाँ, तातोपानीदेखि कुडारीसम्म ८० रुपैयाँ, कुडारीदेखि रारालिहीसम्म ५० रुपैयाँ र रारालिहीदेखि नाग्म बजारसम्म ७० रुपैयाँ भाडादर तोकिएको छ।

यातायात व्यवस्था कार्यालय जुम्लाले कच्ची सडकको भाडा समेत निर्धारण गरेको छ। जुम्लादेखि मुगु गमगडीसम्म बसमा १२०० र जीपमा १५०० रुपैयाँ भाडा तोकेको छ। जुम्लादेखि उर्थुसम्म ५०,उर्थु चौतारादेखि लासीबजारसम्म ९०,जुम्लादेखि गडी गाउँसम्म २२०,जुम्ला बजारदेखि मणिसाँघुसम्म ३७५ र मणिसाँघुदेखि चोत्रासम्म १२० रुपैयाँ तोकिएको यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ। यो सडकमा जीप नचल्ने भएकोले बसको भाडा मात्र निर्धारण गरिएको हो। बड्कीदेखि गुठिज्युला सम्म बसमा १९० र जीपमा २४०,गोठिज्युलादेखि भुलभुलेसम्म बसमा २५० र जीपमा ३०० र भुलभुले देखि गमगडीसम्म बसमा ३३० र जीपमा ४०० रुपैयाँ भाडा निर्धारण गरिएको हो।

यातायात व्यवस्था कार्यालयले निर्धारण गरेको भाडादरमा यातायात व्यवसायिले असन्तुष्टी जनाएका छन्। सरकारबाट निर्धारण भएको भाडादर कार्यान्वयन हुन सक्दैन,तिला कर्णाली यातायातका इन्चार्ज इन्द्र थापाले भने, ‘डिजेल, पाटपुर्जाको मुल्य बढेको बेला सरकारी भाडादर निकै कम छ। यो भाडादरले यातायात व्यवसायिलाई मर्कामा पारेको छ। संशोधन होस।’

जुम्लाको प्रमुख जिल्ला अधिकारी बिजयकुमारी प्रसाईले सरकारले निर्धारण गरेको भाडा यथासिघ्र कार्यन्वयन हुनु पर्ने बताइन्। प्रत्येक यात्रुबहाक सवारीमा अनिवार्यरुपमा भाडादर टाँसीएको हुनुपर्छ,प्रमुख जिल्ला अधिकारी प्रसाईले भनिन्,‘मनपरी भाडा अशुल्ने,समन्वय नगर्ने र यात्रुले सास्ती पाउनु पर्ने समस्या बढेकोले यो भाडादर कार्यन्वयन गर्नको विकल्प छैन।’

‘यातायात व्यवसायिका आफ्नै खाले समस्या छन्। नागरिकलाई सेवा दिने सवालमा नाफामुखि मात्र नबन्नुस, सेवामुखि पनि हुनुस। यही आग्रह छ।’ तिला कर्णाली यातायातको अध्यक्ष मीनबहादुर थापाले राज्यले तोकेको भन्दा बढि भाडा लिन नमिल्ने बताउँछन्। उनले भने,‘तर महंगीको विश्लेषण गरेर पाँच दस प्रतिशत थप गर्नुपर्छ भन्ने मान्यता चाही हो।’ सबै काउण्टर एकै ठाउँमा नभएसम्म भाडादरमा एकरुपमा नहुने उनले बताए। प्रत्येक गल्ली गल्लीमा काउण्टर छन्। यात्रा गर्न नपाउने डरले यात्रु भन्न चाहदैनन्। अब नयाँ भाडादर संगै सबै काउण्टर एकै ठाउँमा ल्याउने वातावरण सिर्जना हुनुपर्नेमा जोड दिए।   नागरिक

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap