सरकारले जेठ १ गते देखि दुई दिन सार्वजनिक विदा दिने निर्णय


लेखक : सुन्दराञ्चल      बैशाख १४, २०७९ मा प्रकाशित     
सरकारले जेठ १ गते देखि दुई दिन सार्वजनिक विदा दिने निर्णय

१४ वैशाख, काठमाडौं । जेठदेखि शनिबार र आइतबार गरी दुईदिन बिदा दिनेसरकारी कर्मचारीले खुशी व्यक्त गरेका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले १ जेठदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने जनाएको हो । कार्यालय समय भने विहान ९ः३० देखि ५ः३० सम्म बढाइएको छ ।

सरकारले गरेको निर्णयप्रति नेपाल निजामती कर्मचारी यूनियनका अध्यक्ष गोपाल पोखरेलले कर्मचारीतन्त्रमा खुसीयाली छाएको बताए । उनले सरकारले खर्च सरकारी खर्च नबढ्ने गरी गरेको निर्णयमा विरोध गर्नुपर्ने कारण नभएको बताए ।

यस्तै एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे पनि सरकारी साधनको दुरुपयोग नहुँदा विदा प्रभावकारी हुने बताउँछन् ।

‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कार्यघण्टा नघट्ने गरी सरकारले दिएको विदा हो ठीकै हो । सेवाग्राहीलाई कार्यघण्टा अनुसार सेवा दिए राम्रै हुन्छ । यसमा कर्मचारी खुसी नै छन्,’ उनले भने ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले पनि कर्मचारीहरुलाई सरकारले दिएको विदाले खुसी नै दिएको बताए । ‘सेवा दिने समय कार्यघण्टा अनुसार घट्दैन । त्यसकारण यो प्रभावकारी हुनसक्छ । दुई दिनको विदाले कर्मचारी उत्साहित हुन्छन्,’ उनले भने,’हामीसँग छलफल गरेर निर्णय नभए पनि यसले राम्रै गर्ला । सरकारले अध्ययन गरेर नै निर्णय गरेको होला ।’ अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap