सरकारले एक पटकमा २ सय मेट्रिकटन मात्रै सुपारी, केराउ, मात्रै सुपारी आयातअनुमति


लेखक : सुन्दराञ्चल      चैत्र ३, २०७८ मा प्रकाशित     
सरकारले एक पटकमा २ सय मेट्रिकटन मात्रै सुपारी, केराउ, मात्रै सुपारी आयातअनुमति

 काठमाडौं ३ चैत, । सरकारले एक पटकमा २ सय मेट्रिकटन मात्रै सुपारी, केराउ, मरिच र छोकडा आयात गर्न पाउने गरी नयाँ कार्यविधि जारी गरेको छ ।

मन्त्रिपरिषबाट १० माघमा स्वीकृत भएको कार्यविधिले उद्योग विभागको सिफारिसको आधारमा वाणिजय विभागले आयात इजाजत दिनेगरी यस्ता वस्तु आयातका लागि पहिले भन्दा कसिलो व्यवस्था गरेको हो । केही दिन अघि सरकारले सुपारी, केराउ, छोकडा र नधुल्याएको मरिच औद्योगिक प्रयोजनका लागि आयात गर्न दिने सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।

‘वार्षिक स्वीकृत स्किम र परिमाणको सीमा भित्र रही एक पटकमा विभागले एक पटकका लागि बढीमा २ सय मेट्रिकटन मात्रै पैठारीको इजाजत दिन सक्नेछ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गोप्य राखेको कार्यविधिमा उल्लेख छ ।

यस्ता वस्तुको आयातका लागि निवेदन दिने उद्योगहरुले स्वीकृत गरेको स्किम र वार्षिक उत्पादन विवरण पनि पेश गर्नु पर्नेछ भने सम्बन्धित उद्योगले प्रमाणित गरेको बिक्री विवरण साथै उद्योग जडान गरेको मेसिनरी क्षमताको विवरण पनि वाणिज्य विभागमा पेश गर्नु पर्ने छ । यस्तै उद्योग सञ्चालन अवस्था र चालु आर्थिक वर्षको लक्ष्य पनि खुलाउनु पर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिले उद्योगहरुले अघिल्लो वर्ष आयात गरेको भए सोको विवरण पेश गर्नु पर्ने बाध्यकारी व्यवस्था पनि गरेको छ । यसरी आयात गरिएको सुपारी, छोकडा, केराउ निकासी र ट्रेडिङलाई बिक्री वितरण पनि कार्यविधिले रोक लगाएको छ ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap