समाज लघुवित्तका सीईओ महतोले तोडे स्वस्तिकसँगको मर्जर


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
समाज लघुवित्तका सीईओ महतोले तोडे स्वस्तिकसँगको मर्जर

१७ भदौ, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत किशोरी महतोले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर एकतर्फी रुपमा तोडेका छन् । मर्जर सहमति भएको करिब एक वर्षपछि सीईओ महतोले मर्जर गर्न नसक्ने भन्दै नेपाल राष्ट्र बैंकमा पत्राचार गरेका हुन् ।

गत वर्ष असोजमा यी दुई संस्थाहरुबीच मर्जर सहमति भएको थियो । समाजका सीईओ महतो मर्जरको विषयमा शुरु देखि नै सकारात्मक थिएनन् । संस्थाको सीईओ भएपनि सञ्चालक समितिमा समेत महतो निकै बलिया छन् । आफू र श्रीमती सावित्री महतोको नाममा कुल पुँजीको १५ प्रतिशत हिस्सा सेयर लिएका उनले आफ्नै नातेदारहरुलाई नै सञ्चालक समितिमा राखेका छन् ।

संस्थाको सञ्चालक रहेका सरोजकुमार महतो उनकै भान्जा नाता पर्ने हुन् । सञ्चालक समितिमा बलिया देखिएका उनले स्वस्तिकसँग मर्जरमा गएपछि भने आफू कमजोर हुने भन्दै मर्जरका विषयमा सकारात्मक थिएनन् ।

बिहीबार राष्ट्र बैंकलाई पत्राचार गर्दै उनले आफू मर्जरमा जान नसक्ने बताएका छन् । उनले मर्जर तोड्नुको खास कारण प्रधान कार्यालयको विषय भएको राष्ट्र बैंकलाई बताएका छन् । मर्जर पछि संस्थाको कार्यालय सिरहाको लहानमा राख्ने समझदारी पत्रमा उल्लेख छ । आफ्ना शेयर सदस्यहरुले भने महोत्तरीको बर्दिबासमा राख्नुपर्ने भनेकाले आफूले मर्जर तोड्न चाहेको उनले पत्रमा उल्लेख गरेका छन् ।

कार्यालयकै विषयलाई मर्जर तोड्ने बहाना बनाउनु गलत भएको समाजकै अधिकारीहरु बताउँछन् । ‘सञ्चालक समितिमा राजनीति गर्न नपाउने जस्तो देखिएपछि किशोरीले बहाना बनाउनु भएको हो,’ समाज लघुवित्तका एक संस्थापकले भने, ‘कार्यालय कहाँ राख्ने भन्ने छ छलफलबाट टुंगिहाल्थ्यो, तर यहाँ कुरो अर्कै छ ।’

यो विषयमा अब राष्ट्र बैंकको निर्देशन के आउँछ भन्नेमा भर पर्छ । तर पछिल्लो समय लघुवित्तका विषयमा राष्ट्र बैंकको नियम समेत फितलो छ । संस्थाहरुले जे गरेपनि राष्ट्र बैंक मुक दर्शक बन्ने गरेकाले लघुवित्त संस्थाहरुले मनपरी गरिरहेका छन् । राष्ट्र बैंकले सञ्चालक समिति र व्यवस्थापन प्रमुख एकै व्यत्तिः हुन नसक्ने गरी निर्देशन जारी गरे पनि कालिका लघुवित्त र नेष्डो समृद्ध लघुवित्तले खुलेआम राष्ट्र बैंकको निर्देशन उलंघन गर्दै आएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap