समाजसेवी पनेरू सम्मानित


लेखक : सुन्दराञ्चल      फाल्गुन ७, २०८० मा प्रकाशित     
समाजसेवी पनेरू सम्मानित

धनगढी फागुन ७, – डडेल्धुराको भागेश्वर गाउँपालिका-२, रुपालका समाजसेवी सिद्धराज पनेरू सम्मानित भएका छन् । रुपालमा रहेको अशिग्राम माध्यमिक विद्यालयले आज मनाएको ६९औं वार्षिकोत्सव समारोहमा समाजसेवी पनेरू सम्मानित भएका हुन् । अशिग्राम मावि रुपाललाई भौतिक, शैक्षिक र व्यवस्थापकीय पक्षमा गरेको योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र बहादुर पाण्डेले बताए ।

समाजसेवी पनेरुले २०५४ मा स्कुलमा स्वर्गीय बुवा जगन्नाथ पनेरुको नाममा जगन्नाथ स्मृति छात्रवृत्ति, आमा चन्द्रादेवि पनेरुको नामबाट चन्द्रादेवि प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरेका छन् भने २०७२ सालमा अशिग्राम मावि रुपालमा आफ्नो परिवार को तर्फबाट स्वर्गीय बुवाको स्मृतिमा सरस्वती मन्दिर स्थापना गरेका छन् यस्तै उनले २०८० बैशाख १ गतेबाट २०८० असार ३२ सम्म सामाजिक सञ्जालमार्फत विद्यालयका लागि चलाएको ‘साउण्ड सिस्टम र शैक्षिक सामग्री सहयोग संकलन अभियान’ सुरु गरेर देश विदेशमा रहेका ७४ जना सहयोगीबाट संकलित एक लाख ५९ हजार छ सय ६७ रकम बराबरको डिजिटल साउण्ड सिस्टम सेट र विद्युतिय घण्टी हिजो आइतबार विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

उक्त अभियानमा उनका आफ्नै परिवारका सदस्यले १० हजार पाँच सय ५२ नगद सहयोग गरेका थिए । त्यस्तै रुपालमा स्थापना हुन लागेको रुपाल बहुमुखी क्याम्पस स्थापनाका लागि उनका भाइ बुहारी राधादेवी पनेरूले ११ हजार पाँच सय ५ नगद र क्यानडामा अध्ययनरत छोरा प्रतिक पनेरूले २६ हजार छ सय ६६ नगद सहयोग गरेका छन् ।

सोमबार अशिग्राममा माविले मनाएको ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा भएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि तथा भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत, पालिका उपाध्यक्ष पुष्पा ठकुराठी, वडा नम्बर २ का वडा अध्यक्ष उपेन्द्र जोरा, प्रधानाध्यापक राजेन्द्र बहादुर पाण्डे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपि भारतीले समाजसेवी पनेरुलाई फूलमाला, अबिर, खादा, दोसल्ला र सम्मान पत्र प्रदान गरि सम्मानित गरेका हुन् । सम्मानित पनेरूले आफ्नो जन्मभूमिको आफूले शिक्षा आर्जन गरेको स्कुल र सञ्चालनको प्रक्रियामा रहेको रुपाल बहुमुखी क्याम्पसका लागि सदैव आफ्नो सहयोग रहने बताएका छन् । यसै अवसरमा उनले विद्यालयलाई वैज्ञानिक महावीर पुनको जीवनीमा आधारित एक प्रति पुस्तक विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap