समलैङ्गिकताको कथामा बहकिएको बलिउड


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
समलैङ्गिकताको कथामा बहकिएको बलिउड

भारतमै पनि समलैंगितालाई एक गंभीर मुद्दाको रुपम हेरिन्छ । त्यहाँको समाजले पनि समलिंगी व्यवहारलाई हार्दिकतापूर्वक स्विकार्न सकिरहेको छैन । यद्यपि त्यहाँको कानुनले समलैंगिक सम्बन्धलाई भने मान्यता दिएको छ ।

जसै भारतमा समलैंगिक सम्बन्धलाई कानुनी मान्यता मिल्यो, आम नागरिकदेखि बलिउड फिल्म उद्योगसम्मले यसमा खुसी व्यक्त गरे । हुन त यसमा बलिउडको ठूलो भूमिका छ, जसले समलिंगी समाजभन्दा अलग प्राणी होइन भनेर पुष्टि गरिरहे ।

वास्तवमा फिल्मले दर्शकलाई मनोरञ्जनको खुराक मात्र दिने होइन, कतिपय मुद्दा उठाउने वा त्यसमाथि बहस पनि गर्ने हो । समाजले नदेखेको, समाजले अस्विकार गरेका कुराहरुलाई सहजीकरण पनि गर्ने हो । अतः यहाँ त्यस्तै फिल्मबारे चर्चा गरिएको छ, जसले समलिंगीको पक्षमा वाकलत गरे ।

सन् २०१५ मा एउटा फिल्म आएको थियो, अलीगढ । मनोज बाजपेयीको केन्द्रिय भूमिका रहेको फिल्ममा एक यस्ता शिक्षकको कथा थियो, जो समलिंगी हुन् । फिल्ममा मनोज बाजपेयीले निकै सुन्दर ढंगले आफ्नो भूमिका निर्वाह गरेका थिए । फिल्मलाई हंसल मेहताले निर्देशन गरेका थिए, जसमा राजकुमार रावको पनि अहंम भूमिका थियो ।

फिल्मको नाम, फायर । सन् १९९६ मा प्रदर्शनमा आएको यो फिल्ममा दुई यस्ता महिलाको कथा छ, जो समलिंगी हुन् । उनीहरुले समयसँगै आफ्नो यौन व्यवहारबारे थाहा पाउँछन् । फिल्मले समलिंगी व्यवहारसँग अन्य मुद्दा पनि उठान गरेको थियो । दीपा मेहताको यो फिल्ममा शबाना आजमी र नन्दिता दासले मूख्य भूमिका निर्वाह गरेका थिए ।

‘माइ ब्रदर निखिल’ सन् २००५ मा प्रदर्शनमा आएको फिल्म हो । यो एक पौडीबाजको कथा हो, जो समलिंगी छिन् । उनी पौडीका च्याम्पियन हुन् तर एचआइभी जस्ता गंभीर रोगका संक्रमित पनि । यही कारण उनलाई स्विमिङ टिमबाट बाहिर निकालिन्छ । फिल्मको कथा एकदमै सुन्दर छ ।

फिल्मको नामबाट नै भेउ पाउन सकिन्छ कि, यो फिल्म लेस्बियन सम्बन्धमाथि बनेको छ । फिल्ममा ईशा कोपिकर र अमृता आरोराले मूख्य भूमिका निर्वाह गरेका थिए । गर्लफ्रेन्ड जतिबेला सार्वजनि हुँदै थियो, त्यसबेला यस फिल्मलाई लिएर एकदम विरोध भएको थियो ।

सन् २००७ मा प्रदर्शनमा आएको यो फिल्म यस्ता ६ दम्पतीको कथामा आधारित छ, जो हनिमुनमा गएका छन् । फिल्मले सुरुमा हसाउँछ तर जब समलैंगिकतामथि कथाले प्रवेश गर्छ, दर्शकको आँखामा आँशु आउँछ ।

मधुर भन्डारकरको यो फिल्मले फेशन उद्योगको भित्री कथा उधिनेको छ । फिल्ममा कंगना रणवत र प्रियंका चोपडाको मूख्य भूमिका छ । फिल्मले फेसनका साथसाथै समलैगिकताको मुद्दा पनि उठाएको छ ।

यो फिल्मले भारतको राष्ट्रिय अवार्ड जितेको थियो, जो समलिंगीको पिषयमा पनि वाकलत गर्छ । फिल्ममा चार भिन्न भिन्नै कथा पेश गरिएको छ, त्यसमध्ये एक समलिंगीबारे छ ।

भारतिय सिनेमाको स्वर्ण जयन्ति अर्थात सय बर्ष पुरा गरेको अवसरमा चार निर्देशक मिलेर यो फिल्म बनाएका थिए । फिल्ममा चार अलग अलग कथा छ । त्यसमध्ये दुई कथा यस्तो छ, जसमा खुलेर समलिंगीको बारेमा देखाइएको छ ।

सन् २०१५ मा प्रदर्शनमा आएको यो फिल्मले एकसाथ केही मुद्दा उठान गरेको थियो । फिल्मको मूख्य भूमिका कल्कि कोचिनले निर्वाह गरेका थिए, जो सेरेबल प्यालसी नामको रोगले पीडित छन् । फिल्ममा जब कल्की विदेशमा पढ्न जान्छे, तब उनले खुलेर आफ्नो यौन व्यवहारबारे चर्चा गर्छ । वास्तवमा उनी बाई सेक्सुअल हुन्छन् । फिल्मको कथा एकदमै घतलाग्दो छ ।

सन् २०१६ मा प्रदर्शनमा आएको यो फिल्म शकुन बत्राले बनाएका हुन् । करण जौहरको ब्यनरमा बनेको यो फिल्मले समलिंगी सम्बन्धको बारेमा वाकलत गरेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap