सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरोकारका साझा विषयमा सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड,


लेखक : सुन्दराञ्चल      चैत्र ६, २०७९ मा प्रकाशित     
सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरोकारका साझा विषयमा सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड,

६ चैत,  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरोकारका साझा विषयमा सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले भने विश्वासको मत दिने र सरकारमा पनि जाने पार्टीको निर्णय सुनाए ।

सरकारमा रहेका र प्रतिपक्षमा रहेका दलहरुबीच राष्ट्रिय सरोकारका साझा विषयमा सहमतिका साथ अघि बढ्नुपर्ने बताए । उनले अघि भने, ‘कतिपय राष्ट्रिय सरोकारका विषय छन्, जसमा सबैले साझा धारणा निर्माण गर्न आवश्यक छ ।’
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap