सफलताको प्रतिक्षामा रुविना


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
सफलताको प्रतिक्षामा रुविना
दुई वर्ष अगाडि फिल्म ‘लभ डायरीज’ को ट्रेलर सार्वजनिक कार्यक्रममा रुविना थापाले भनेकी थिइन्, ‘यो फिल्मबाट अभिनेत्री बन्ने सपना त पूरा भयो तर फिल्मी दुनियाँमा अटाउन गाह्रो छ ।’ बाहिरबाट देखेझैँ यो क्षेत्रमा स्थापित हुन पटक्कै सजिलो छैन भन्ने कुरा फिल्ममा आउनुभन्दा अगावै उनले बुझिसकेकी थिइन् । ‘लभ डायरीज’ को असफलतापछि त यो कुरा उनले महशुस नै गरिन् ।
पछिल्लो समय फिल्म क्षेत्रमा भविष्य देखेर अभिनयमा होमिने नयाँ अनुहारको भीड दिन दुई गुना र रात चौगुनाले बढिरहेको छ । तर, सफलता एकाधको पोल्टामा मात्र परेको छ । प्रायः त पहिलो फिल्मपछि नै गुमनाम हुन्छन् । रुविना थापा पनि पहिलो फिल्म डिजास्टर भएपछि केही समय हराएझैँ भइन् । न मिडियामा उनको चर्चा भयो न त नयाँ फिल्मबाट अभिनेत्रीको प्रस्ताव नै पाइन् ।
गत वर्ष काठमाडौंमा सम्पन्न दशौं ‘नेफ्टा अवार्ड’ मा अभिनेता सलोन बस्नेतको जोडी बनेर नृत्य प्रस्तुत गरेपछि उनलाई सलोनकै पिता शोभित बस्नेतले फिल्म ‘डाँडाको बरपीपल’ मा मुख्य अभिनेत्रीको प्रस्ताव गरे । बल्ल बल्ल हात परेको फिल्म उनले ढिला नगरी साइन गरिन् । सोमवारबाट यो फिल्मको छायांकन सुरु भएको छ र यसमा उनको जोडी सलोन बस्नेतसँगै बाँधिएको छ ।
फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल जस्ता कहलिएका कलाकारहरुको अभिनय रहेकाले रुविना यसपटक सफलता आफ्नो पञ्जाबाट नउम्कनेमा विश्वस्त छिन् । आफ्नो फिल्मी करिअरलाई सुखद रुपमा अगाडि बढाउन उनका लागि यो फिल्म व्यवसायिक रुपमा सफल हुन एकदमै आवश्यक छ । ‘डाँडाको बरपीपल’ उनका लागि अभिनयमा आफूलाई प्रमाणित गर्ने अवसर पनि हो ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap