सन्दीपको मुद्दामा आज सुनुवाइ, फैसला आजै आउन सक्ने


लेखक : सुन्दराञ्चल      जेष्ठ २, २०८१ मा प्रकाशित     
सन्दीपको मुद्दामा आज सुनुवाइ, फैसला आजै आउन सक्ने

काठमाडौं २ जेठ ,क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । हिजो दिनभरिको सुनुवाइपछि न्यायाधीशले बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए । आज यही इजलासमा मुद्दाको सुनुवाइले निरन्तरता पाउने छ र फैसला आज नै आउन सक्ने आकलन गरएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap