सत्ता साझेदार दलको कार्यदल बैठक सुरु


लेखक : सुन्दराञ्चल      साउन १८, २०७८ मा प्रकाशित     
सत्ता साझेदार दलको कार्यदल बैठक सुरु

८ साउन, काठमाडौं । सत्ता साझेदार दलहरुको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बैठक बसेको हो ।

सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न बैठक बसेको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदललको पहिलो बैठकमा सरकारका कार्यक्रमबारे प्रारम्भिक छलफल भएको थियो । आजको बैठकमा मिहिन रुपमा छलफल हुने र न्युनतम साझा कार्यक्रम तय गर्ने नेताहरुले बताएका छन् ।

कार्यदलमा संयोजक खड्कासहित कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरु रहेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap