सत्ता गठबन्धनको चुनावी सभा आज धनगढी रङ्गशालामा हुने


लेखक : सुन्दराञ्चल      बैशाख २६, २०७९ मा प्रकाशित     
सत्ता गठबन्धनको चुनावी सभा आज धनगढी रङ्गशालामा हुने

धनगढी, बैशाख  २६ । आशान्न बैशाख ३० गते हने स्थानिय चुनावलाइ सम्बोधन गर्न सत्ता गठबन्धनको चुनावी सभा आज सुदूरपश्चिमको धनगढीमा हुँदै छ । धनगढीको रङ्गशालामा विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्दै छन्।

यसका लागि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै धनगढी पुगिसकेका छन् ।देउवा आइतबार साँझ धनगढीस्थित आफ्नै निवासमा बसेका थिए भने प्रचण्डको बास धनगढीको रुबस होटेलमा भएको थियो ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितका नेताहरूले पनि सभालाई सम्बोधन गर्ने छन् ।धनगढीमा गठबन्धनबाट काँग्रेस नेता नृपबहादुर वड मेयरमा र माओवादी नेतृ शान्ति अधिकारी उपमेयरको उम्मेदवार छिन् । उनीहरुलाई मत माग्न शीर्ष नेता धनगढीको संयुक्त सभालाई सम्बोधन गर्न लागेका हुन् । धनगढीको चुनावी सभापछि प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा जाने कार्यक्रम रहेकोछ ।

प्रचण्डले भने धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap