सत्ता गठबन्धनका नेताहरुसँग प्रधानमन्त्रीले मागे मन्त्रीहरुको नाम


लेखक : सुन्दराञ्चल      भदौ २५, २०७८ मा प्रकाशित     
सत्ता गठबन्धनका नेताहरुसँग प्रधानमन्त्रीले मागे मन्त्रीहरुको नाम

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली मागेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले बताइन् ।

पौडेलले भनिन्, ‘प्रधानमन्त्रीले एकदमै ढिलो भइसकेको छ, अब छिटो मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्छ । तपाईंहरुले पार्टीमा सल्लाह गरेर मन्त्रीहरु टुंगो लगाउनुस् भन्नुभयो ।’

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

कांग्रेस सभापति देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । तर अहिलेसम्म उनले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा चार मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap