सडक सञ्जालले नछोएको हुम्लामा चीनको बाटो हुँदै पहिलो पटक बस पुग्ने,


लेखक : सुन्दराञ्चल      भदौ १४, २०८० मा प्रकाशित     
सडक सञ्जालले नछोएको हुम्लामा चीनको बाटो हुँदै पहिलो पटक बस पुग्ने,

: भाद्र १४, वीरेन्द्रनगर — सडक सञ्जालले नछोएको हुम्लामा चीनको बाटो हुँदै पहिलो पटक बस पुग्ने भएको छ । रसुवाको केरुङ नाकाबाट चीनको तिब्बत हुँदै ल्याएका दुई बस सोमबार साँझ नेपाल–चीन सीमा हिल्सामा ल्याइएको छ । चीनबाट साढे २ दिनको यात्रापछि बस हिल्सा ल्याइएको हो । बस ल्याउने व्यवसायी विजय लामाले भने, ‘चालकहरू हुम्ला आउँदै छन् । २/३ दिनमा बस सदरमुकाम सिमकोट ल्याउने तयारीमा छौं ।’

कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडकखण्डमा सञ्चालनका लागि सीमा नाका हिल्सा ल्याइपुर्‍याइएका बस । तस्बिर सौजन्य : विजय लामा

अहिले हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी कालीकोट–मुगु–बाजुरा हुँदै सडक निर्माणको काम भइरहेको छ । सिमकोटभन्दा उत्तरतिर भने ९५ किलोमिटर सडक खनिएको छ । सिमकोटदेखि हिल्सासम्म सडक निर्माण भइसकेकाले उक्त खण्डमा यातायात सञ्चालन गर्ने गरी बस चिनियाँ ट्रकमा ढुवानी गरेर ल्याइएको हो । चिनियाँ ट्रकले एउटा बस बोकेको ७ लाख रुपैयाँ भाडा लिएको व्यवसायी लामाले बताए । यी बस यहाँको कच्ची सडकमा गुड्नेछन् ।

उनले हुम्लाका बासिन्दाको मागअनुसार सदरमुकाम सिमकोटदेखि हिल्सा सडक खण्डमा सञ्चालन हुने गरी बस ल्याइएको बताए । हाल उक्त सडकका केही खण्डमा बोलेरो जिप चलिरहेका छन् । तर, यस्ता साना गाडी रिजर्भमा मात्र जाने भएकाले स्थानीयले महँगो भाडा तिर्नुपरेको छ । स्थानीय सरिता रावतले साना गाडीले हिल्सासम्म यात्रा गर्दा रिजर्बबापत ५० हजार रुपैयाँसम्म भाडा लिने गरेको बताइन् । ती जिपहरू हेलिकोप्टरमा ढुवानी गरेर ५ वर्षअघि सिमकोट पुर्‍याइएका हुन् ।

अहिले सिमकोट आसपास झन्डै एक दर्जन जिप चल्छन् । ‘साना गाडीमा बढीमा ८ जना बस्न मिल्छ, रिजर्ब शुल्कअनुसार प्रतिव्यक्ति भाडा ६ हजार रुपैयाँभन्दा बढी पर्न आउँछ,’ उनले भनिन्, ‘ज्यादै महँगो भाडा तिरेर यात्रा गरिरहेका छौं ।’ उनले महँगो भाडा त छँदै छ, भनेका बेला सवारीसाधन नपाइने समस्या पनि उत्तिकै रहेको बताइन् ।

लामाले सञ्चालन गर्न लागेका बस २५/२५ सिटका छन् । बस र ढुवानी भाडामा ८० लाख रुपैयाँ खर्च भएको लामाले बताए । बसमार्फत सेवा दिँदा भाडादर सक्दो सस्तो बनाउने तयारी रहेको उनले बताए । हिल्सा पुगेका बस सुर्खेतमा रहेको हिल्सा पब्लिक यातायात प्रालिमा दर्ता भइसकेका छन् । ‘चीनको सडकमा बस गुडाएर लैजान नमिल्ने भएकाले ट्रकमा लोड गरेर पठाइएको हो,’ उनले भने, ‘चिनियाँ सडकमा नेपाली नम्बर प्लेटका गाडी गुडाउने अनुमति नहुँदा केरुङदेखि ट्रकमा लोड गरी ल्याउनुपरेको हो ।’ हिल्सा पारि तिब्बतको ताक्लाकोट बजार पर्छ ।

कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालु–लैफु–सल्लीसल्लासम्मको १ सय २३ किलोमिटर सडकको ट्र्याक खुलेपछि गत असार ३१ गते नेपाली सेनाले सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । अब हुम्लाको दुलीकुनादेखि लालीबगरसम्म १२ किमि सडक खोल्न बाँकी छ । त्यसमध्ये रिपखोलाबाट लालीबगरसम्म ७ किलोमिटर सडक निर्माणको काम सेनाले गरिरहेको छ भने दुलीकुनाबाट रिपखोलासम्मको ५ किलोमिटर सडकमा सडक विभागले ठेकेदारमार्फत काम गरिरहेको छ । यस वर्ष सरकारले करिडोरका लागि करिब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सदरमुकाम सिमकोट जोड्न छारे, सुनाखाडालगायत कठिन भीर चुनौती रहेको सेनाको सडक निर्माण कार्यदलले जनाएको छ ।

कार्यदलका प्रमुख सेनानी अनुप पोखरेलका अनुसार झन्डै २ हजार ३ सय मिटरमा कडा चट्टान छ । ती भीरहरूमा विस्फोटक पदार्थ प्रयोग गरेर मात्र सडक खन्न सम्भव रहेको उनले बताए । सिमकोटमा बस पुग्ने भएपछि त्यहाँका स्थानीय खुसी भएका छन् । सिककोट गाउँपालिका–१ का स्थानीय पेमा लामाले पहिलो पटक जिल्लामै बस चढ्न पाइने कुराले खुसी तुल्याएको बताए । उनले भने, ‘अब सस्तो मूल्यमा हामीले गाडी चढ्न पाइन्छ भन्ने भएको छ ।’तृप्ति शाही

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap