सडक फराकिलो बनजाउन नदिन स्थानीयकै २२ मुद्धा


लेखक : सुन्दराञ्चल      बैशाख २२, २०७९ मा प्रकाशित     
सडक फराकिलो बनजाउन  नदिन स्थानीयकै  २२ मुद्धा

२०७४ साल पुस १९ गते १३ जना घरधनीले क्षतिपूर्तिसहितको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरे । धनगढी उपमहानगरपालिकालाई विरोधी बनाई दर्ता गरिएको सो रिटले छ लेन सडकको दुई महिना काम अवरुद्ध भयो ।

२०७५ साल जेठ २५ गते भृकृटी कार्कीले धनगढी उपमहानगरपालिकासहित पा“च जना विरुद्ध सडक क्षेत्रमा रहेको घर भत्काएको भन्दै अदालतमा रिट दायर गर्दा पुनः माघसम्म काम अघि बढ्न सकेन । २०७५ साल माघ २१ गते अदालतले सो रिट खारेज गरेको थियो । २०७५ साल जेठ १८ गते कार्कीले जयदेव विष्ट समेत १६ जना विरुद्ध लुटपिट मुद्दा दर्ता गराएकी थिइन । सो मुद्धामा दावी नपुगेपछि माघ २१ गते खारेज गरिएको थियो ।धनगढी उपमहानगरपालिकाले रिङ रोड निर्माण गर्दै गर्दा पनि विभिन्न रिट दायर भएका थिए ।

कार्कीले क्याम्पस रोड–त्रिनगर भन्सार हुलाकी सडक निर्माणमा पनि अवरोध पुर्याएकी थिइन । २०७५ वैशाख १२ गते वडा नम्बर ३ का निवर्तमान वडा अध्यक्ष वलबहादुर ऐरसहित ११ जनाविरुद्ध रिट दायर गरेकी थिइन । माघ २१ गते सो रिटमा दाबी नपुगेपछि अदालतले खारेज गरेको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap