सडक निर्माण ढिलाइका कारण डुबानको जोखिम बढ्यो


लेखक : सुन्दराञ्चल      भदौ ८, २०७८ मा प्रकाशित     
सडक निर्माण ढिलाइका कारण डुबानको जोखिम बढ्यो

कैलाली । सोमबार रातिको अविरल वर्षाका कारण कैलालीका टीकापुरमा रहेको नमूना इन्टरप्राइजेज डुबानमा पर्‍यो । सो कम्पनी मात्रै नभई करिब एक दर्जन पसल डुबानमा पर्दा लाखौंका सामानमा क्षति पुग्यो ।

गतवर्षकाे डुबानमा व्यापारीको क्षति भएको स्मरण गर्दै व्यापारी सरोज चपाईंले ढल निकासको समस्याका कारण डुबान भएको आरोप लगाए ।

‘स्थानीय सरकार मौन छ । निर्माण कम्पनीले कछुवा गतिमा काम गरिरहेको छ । व्यापारी वर्षेनी डुबानको समस्यामा छन्’, उनले भने, ‘ढल निकासको उचित व्यवस्थापन नभएकै कारण हामीले समस्या भोग्नुपरेको छ ।’

बजारको मुख्य भागमा निर्माण सुरुआत भएको सडकको काम समयमै सम्पन्न नहुँदा बजार क्षेत्र डुवानमापर्ने खतरा बढेको छ । एक दिनको वर्षाले मात्रै टीकापुरका दर्जनौं पसल डुबानमा परेका छन् । अहिले निर्माण हुन लागेको सडक घरको सतहभन्दा अग्लो भएका कारणले पनि सामान्य वर्षामा पानी पसलमा पस्ने गरेको स्थानीय व्यापारी सुरेन्द्र चौधरी बताउँछन् ।

‘नाली निर्माण भएका छन् । तिनको निकास छैन । अहिले तिनै नालीमा पानी भरिएर पसल जलमग्न भएका छन्’, उनले भने, ‘पूर्वतयारी कसैले गर्दैनन् । जब समस्या आउँछ त्यसपछि मात्रै एक अर्कालाई दोष दिएर समस्याको समाधान हुँदैन ।’

बजारको मुख्य भाग ब्लक नं.‘ए’ मा स्मार्ट सिटीअन्तर्गत सडकको काम सुरु भएको दुई वर्ष भइसकेको छ । सडक निर्माणको जिम्मा पाएको महालक्ष्मी एमके जेभीले पहिलो चरणको सम्झौताको म्याद सकिए पनि अझै आधा काम सम्पन्न गर्न सकेको छैन् ।

जेभीका निर्देशक चक्रबहादुर शाहीले काम गर्दै जाँदा आयोजनाको डिजाइन परिवर्तन गर्नुपरेकोले काममा ढिलाइ भएको बताए। उनले आयोजनाको डिजाइन सच्याउन समय लागेको र कोरोनाका कारण पनि काम प्रभावित भएका कारण समयमै सम्पन्न गर्न नसकिएको बताए ।

बजारको मुख्य बजारसँगै जोडिएको जमरा पुलदेखि बसपार्कसम्मको सडकको पनि पहिलो चरणको सम्झौता गत फागुनमै सम्पन्न भइसकेको छ । विद्युत् पोलको समस्या देखाउँदै आएको निर्माण कम्पनीले ढल निकासका लागि निर्माण गरेको नालाको निकास खोलेको छैन । नालाको निकास नभएका कारण डुबानको जोखिम बढेको स्थानीय व्यापारी हेमन्त रावल बताउँछन् ।

सडक निर्माणको जिम्मा पाएको रेखा निर्माण सेवाले अहिले सडककोबीच भागमा गिट्टी थुपारेका कारण सवारी आवागमनमा पनि निकै समस्या हुने गरेको छ । निर्माण सेवाका इन्जिनीयर गगन शाहीले विद्युत् पोलको व्यवस्थापन हुन नसक्दा काम गर्न निकै कठिनाइ हुँदै आएको जनाउँदै बिचको भाग भए पनि कालोपत्र गर्ने भनेर सडकमा गिट्टी थुपार्ने काम भएको बताए।

‘हामीले पनि समयमै काम सम्पन्न गर्छौ भनेर काम सुरु गरेका थियौं । तर बिचमा आएका समस्याले काम समयमै सम्पन्न गर्न सकिएन ।’ उनले भने, ‘हामी त काम गर्न तयारै छौं तर काम गर्ने वातावरण बनिरहेको छैन् ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap