‘सडकको कारण जुत्ता लगाउन पाएका छैनौ’


लेखक : सुन्दराञ्चल      साउन १९, २०७८ मा प्रकाशित     
‘सडकको कारण जुत्ता लगाउन पाएका छैनौ’

महादेव गिरी
धनगढी, १९ साउन । धनगढीको मुख्य बजार क्षेत्र कैलाली उद्योग वाणिज्य संघ र सामाजिक विकास मन्त्रालय अगाडिको सडक मन्त्रीलाई नै गिज्याइ रहेको छ । दैनिक दश पटक सम्म मन्त्री उक्त सडकमा कारमा ओहोर दोहोर गर्छन्, सडकको अवस्था बारे भने बेखवर देखिएका छन् । अस्त व्यस्त सडकले अन्य ब्यापारी दर्जनौ कार्यालयमा आउने सेवा ग्राहि प्रभावित बनेका छन् । मन्त्रीले बर्षेनी आफ्नो कुलेदेवताका मन्दिर बनाउन र अन्य आवश्यकता नभएका ठाँउमा सरकारको करोडौ योजना वितरण गर्दै आएका छन् । उपमहानगरले समेत उक्त सडक अझै देखेको छैन ।

दैनिक हजारौको संख्यामा आवत जावत गर्ने उक्त सडक नत पैदल यात्रा गर्न लायक छ । साना सवारी समेत सडकका ठुला खाल्डा र खाल्डामा जमेको पानीले गर्दा आवत जावत गर्न समेत सकिरहेका छैन । उक्त सडक छेउमा सेती प्रादेशीक अस्पताल, धेरै भिड हुने मालपोत कार्यालय कैलाली, नापी कार्यालय, सामाजिक विकास मन्त्रालय, वडा प्रहरी कार्यालय, कैलाली उद्योग वाणिज्य संघ, प्रदेश स्वास्थ्य आपूर्ती कार्यालय लगाएत रहेका छन् र पनि उक्त सडकामा भने कसैको ध्यान गएको छैन । मालपोत कार्यालयका प्रमुख भन्छन् । धनगढी उपमहानगरपालिका र प्रदेश सरकारले ध्यान दिनुपर्ने हो तर दिएको छैन । सेवा ग्राहि यो सडकबाट निकै प्रभावित भएका छन् उनले भने । यस्तै मुख्य न्याधिवक्ताको कार्यालयका सूचना अधिकारी सत्यराज कडायतले सडकको कारण कार्यालयमा आउँदा जुत्ता समेत लगाउन पाएका छैनौ, सम्बन्धित निकाएले चाँडो सडक पुनःनिर्माणमा पहल गर्नुपर्ने बताउछन् । सडकको कारण कार्यालयमा पुग्न समेत समय लाग्ने गरेको र कार्यालयमा जाँदा हिलाम्य भएर जानुपर्ने कर्मचारी समयमा नपुग्ने गरेकोे स्थानिय प्रेम चौधरीले बताए । सडकको कारण छेउ–छाउका होटल व्यवसाय समेत प्रभावित बनेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap