संसदीय समितिले माग्यो मणिपाल किनबेचको सम्झौता


लेखक : सुन्दराञ्चल      अशोज १०, २०७८ मा प्रकाशित     
संसदीय समितिले माग्यो मणिपाल किनबेचको सम्झौता

१० असोज, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पोखराको मणिपाल शिक्षण अस्पताल किनबेचको सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले मणिपालको शेयर किनबेचको सम्झौता उपलब्ध गराउन र बेचविखन भएको हो वा होइन जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

भारतीय लगानीकर्ताको स्वामित्वमा रहेको मणिपाल पोखराका दुई व्यवसायीले किनेको सार्वजनिक भएको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap