काठमाडौं ७ भदौ, । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी विनोदप्रकाश सिंहले पाएका छन् । बुधबारको मन्त्रिपरिषदको बैठकले सिंहलाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।
हाल कृष्णहरि पुष्कर सामान्य प्रशासन मन्त्रालयका सचिव थिए । सामान्य प्रशासनमन्त्रीमा अनिता देवी नियुक्त भएलगत्तै मन्त्रालयको सचिव फेरिएका हुन् ।
सिंहलाई सामान्य प्रशासनमा ल्यएपछि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । सिंहले यसअघि गृह मन्त्रालयमा समेत सचिवको जिम्मेवारी सम्हालेका थिए ।
शुक्रबार सिंहले सामान्य प्रशासन मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् ।
