संकटमा सुदूरपश्चिमका रावल


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७८ मा प्रकाशित     
संकटमा सुदूरपश्चिमका रावल

धनगढी २१ भाद्र । आफूलाई चित्त नबुझेको कुरा खरो र स्पष्टसँग राख्ने स्वभाव हो उनको, यही स्वभावले राष्ट्रिय राजनीतिमा उनी छाइरहे, उनी अर्थात् भीम रावल, पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष, अछामबाट निर्वाचित संघीय सांसद, कुनै बेला समग्र सुदूरपश्चिममै उनको वाहवाही थियो । कुनै पनि निर्णयमा उनको समर्थन अनिवार्यजस्तै थियो ।

सुदूरपश्चिम प्रदेश सभामा उनको पकड यति बलियो थियो कि कसैले चाहेर पनि तोड्न नसक्ने तर एमाले विभाजनपछि उनको शक्ति अब पहिलाको जस्तो रहेन । एमाले विभाजनपछि माधव नेपाल समूह छाडेर संस्थापनतर्फको राजनीति थालेका उनको यही बिन्दुबाट राजनीतिक क्षयीकरण सुरु भयो । कुरा र कामको तालमेल फरक हुँदा उनीसँग राजनीतिक सम्बन्ध तोड्न कस्सिए उनलाई साथ दिनेहरू ।

राष्ट्रिय राजनीतिमा समेत अब्बल ठहरिएका एमाले नेता रावलको शक्ति अहिले दिनप्रतिदिन क्षयीकरण बन्दै छ । वर्षाैंदेखि आफूलाई साथ दिँदै आएका सहकर्मीबाट उनी अहिले टाढिएका छन् । उनी संलग्न दल एमाले अहिले सुदूरपश्चिम प्रदेशमा तेस्रो दल बन्न पुगेको छ । एमालेबाटै फुटेको नेकपा (एकीकृत समाजवादी) एमालेभन्दा ठूलो दल बन्दा उनको राजनीतिक भविष्य नै चौपट हुने दिशामा अघि बढिरहेको छ । एमाले फुटमा नेपाल समूहको साथ छोडेर एमालेमै रहेका रावलले आफूनिकट सांसदहरूलाई नयाँ पार्टी जानबाट रोक्न नसक्दा उनको यो हविगत भएको हो ।

१३ जनाले समाजवादी छान्दा सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र र एकीकृत समाजवादीको सांसद संख्या बराबर छ । कथंकदाचित आज थप एक जनाले एमाले परित्याग गरेको अवस्थामा संघीय समाजवादी सुदूरपश्चिमकै सबैभन्दा ठूलो दल बन्नेछ । एमाले उपाध्यक्ष रावलको राजनीतिक जीवनमा योभन्दा नमज्जा अरू के नै हुन सक्छ र ?

त्यसो त, आफ्ना सांसदहरू र अन्य जनप्रतिनिधि एकीकृत समाजवादीमा नजाउन् भनेर उनी सुदूरपश्चिम प्रदेशमा अड्डा नै जमाएर बसेका थिए । तर, त्यसको केही अर्थ रहेन । विसबास पात्रहरूले एक-एक गरेर साथ छाड्दा उनको राजनीतिक जीवन नै धर्मराइरहेको छ । सुदूरपश्चिम प्रदेशबाट संघीय राजधानी काठमाडौं आइपुग्दा उनको राजनीतिमा थप क्षति पुगिसकेको हुनेछ ।

सुदूरपश्चिमका एमालेको तत्कालीन माधव नेपाल समूहका १७ सांसदमध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि रावल कमजोर भएका हुन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap