श्री राम मुर्ती मेडिकल कलेज ७ सय ८३ उत्कृष्ट मेडिकल कलेज मध्य ३८ औ स्थान हासिल गर्न सफल


लेखक : सुन्दराञ्चल      असार १८, २०८१ मा प्रकाशित     
श्री राम मुर्ती मेडिकल कलेज  ७ सय ८३ उत्कृष्ट मेडिकल कलेज  मध्य  ३८ औ स्थान हासिल गर्न सफल

भारतको बरेली जिल्लामा अवस्थीत श्री राम मुर्ती मेडिकल कलेज भारतमै उत्कृष्ट स्थान हाँसिल गर्न सफल भएको छ । भारतको सञ्चार संस्था इडिया टुडेले गरेको सर्वे अनुसार भारत देशभरी मै ३८ औ स्थान हासिल गर्न सफल भएको छ । भारतमा ७ सय ८३ उत्कृष्ट मेडिकल कलेज रहेका छन् । गत वर्षको सर्वेक्षाणमा समेत श्री राम मुर्ती मेडिकल कलेज ४० औ स्थानमा पर्न सफल भएको थियो । एसआरएमएसका डाइरेक्टर आदित्य मुर्तिले देश भरीमा श्री राम मुर्तिले ३८ औ स्थानमा आउनु हाम्रो लागि ठुलो उपलब्धि भएको बताउनु भयो । ईडिया टुडे पत्रिकाले चिकित्सा शिक्षा सर्वेक्षण अनुसन्धानको आधारमा देश भरीमै उक्त सर्वेक्षण गरेको थियो । मेडिकल कलेजको विभिन्न मानको आधारमा समेत अध्यन गर्ने गरेको छ । हरेक वर्ष इंडिया टुडे पत्रिकाले भारतका ७ सय ८३ वटा मेडिकल कलेजको अध्यन तथा सर्वैक्षण गर्दै आएको छ । इंडिया टुडे पत्रिकाले यो सर्वेक्षण २०२३ देखि २०२४ को विचमा देश भरीमै गरेको थियो । मेडिकल कलेज ३८ र्औ स्थानमा पर्न सपल भएपछि कलेजका डाइरेक्टर आदित्य मुर्तिले यो सफलता कलेज व्यवस्थापन टिम र सम्पुर्ण कर्मचारीको मेहनतका कारण सफल भएको बताउनु भयो । श्री राम मुर्ती स्मारक ईन्स्टिच्युट अफ मेडिकल साइन्सेज एक हजार शैय्याको अस्पताल हो । अस्पताल ट्रष्टद्वारा सञ्चालित मेडिकल छ । मेडिकल कलेजमा १ हजार शैय्या छन् भने ११ वटा विभाग छन् । अस्पतालमा १३० जना विशेषज्ञ चिकित्सक छन् भने ६५० चिकित्सकले सेवा प्रदान गरिरहेका छन् । सन् २००२ मा स्थापना भएको मेडिकल कलेजमा दैनिक १५ हजार बिरामी आउने गरेका छन् । विशेषज्ञ चिकित्सकको पढाई हुने श्री राम मुर्ति मेडिकल कलेजमा एकै छानामुनि अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको छ । विपन्न बिरामीको निस्शुल्क उपचार श्री राम मुर्ती स्मारक अस्पतालले विपन्न बिरामीको निस्शुल्क उपचार गर्दै आएको बताएको छ । नेपालीहरु समस्यामा नपरुन् भनेर नेपाली काउन्टर नै राखिएको छ । यहाँबाट जाने सबै नेपाली विरामिलाई उपचारदेखि अन्य सम्पुर्ण सहयोग उनैले गर्छन् । हाल दैनीक २ सय सम्म विरामिहरु दैनीक राम मुर्तिमा आउने गरेकाछन् । उनीहरुलाई कुनै समस्या नहोस भनेर घरपरिवार संग नेपालमा फोन गर्न निशुल्क कल सेन्टर समेत राखेको छ । ओपोडी टिकट केवल ३० रुपैयाँ छ भने अन्य उपचार पनि सस्तो छ । मुटु, क्यान्सर, मृगौलाको स्तरीय र अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको छन् । अस्पतालमा रोबोटिक सर्जरी, मृगौला प्रत्यारोपण र अत्याधुनिक एमआरआई र सिटिस्क्यान मसिन रहेको छ । सुदूरपश्चिमका बिरामीलाई सबैभन्दा छोटो तीन घण्टाको दुरीमा बरेली पर्ने भएकाले यहाँका अस्पतालबाट रेफर हुने बिरामीलाई जतिसक्दो चाँडो पुग्न सजिलो हुनेछ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap