धनगढी माघ २७, मानवसेवा आश्रमले सदूरपश्चिम कैलालीको धनगढीमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा शनिबार २१ लाख १८ हजार रूपैयाँ बराबर दान संकलन भएको छ ।धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले माघ २३ गतेदेखि पशुपति टोलमा सुरू भएको महायज्ञमा व्यक्तिगत तथा संस्थागत रूपमा दान गर्नेहरूको उत्साहजनक सहभागिता रहेको छ ।
धनगढी उपमाहनगरपालिका-४ कैलाली निवासी हरिबहादुर कार्की र शुशिला कार्कीले स्वर्गीय बुवा रत्नबहादुर कार्की र आमा सरस्वती कार्कीको स्मृतिमा भवन निर्माण सेवाका लागि ५५ हजार ४ सय २२ रूपैयाँ दान गर्नुभएको छ । गोदावरी नगरपालिका-१, कैलाली निवासी भानुभक्त जोशीले स्वर्गीय पितृहरुको स्मृतिमा ५५ हजार ५ सय ५५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-३ कैलाली निवासी भोजनराज पाठक र पुनीदेवी पाठकले ५१ हजार २१ रूपैयाँ योगदान गर्नुभएको हो ।
धनगढी उपमहानगरपालिका(२, निवासी शान्ति जोशीले पितृहरुको स्मृतिमा १५ हजार ५ सय ५ पाँच रुपैयाँ, लम्किचुहा नगरपालिका(५, कैलाली जानकीदेवी बिष्टले १० हजार १ सय ५५ रूपैयाँ, गोदावरी नगरपालिका-१, कैलाली निवासी प्रतापसिंह महराले स्वर्गीय बुवा लालसिंह महराको स्मृतिमा १० हजार १ सय २५ रूपैयाँ, धनगढी उपमहानगरपालिका(१, लक्ष्मीनगर, कैलाली निवासी दुर्गाबहादुर कार्कीले भवन निर्माण सहयोगार्थको १५ हजार १ सय ५५ रूपैयाँ दान गर्नुभएको हो भने भवन निर्माण सहयोगार्थ शिवपुरी धाम नारी जागरणको अध्यक्ष एवम् नेशनल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको मूख्य व्यवसाय प्रवन्धक गीता मल्लले १५ हजार १ सय ५५ रूपैयाँ योगदान गर्नुभएको छ ।
धनगढी उपमहानगरपालिका(१५ कैलाली निवासी दलबहादुर रोकायाले १२ हजार ३ सय रूपैयाँ, धनगढी उपमहानगरपालिका-६ कैलाली निवासी केशवदत्त जोशीले स्वर्गीय बुवा चन्द्रदत्त जोशीको स्मृतिमा भवन निर्माणका लागि १५ हजार ५० रूपैयाँ, धनगढी उपमहानगरपालिका-७ कैलाली निवासी यमकला कुँवरले ५ हजार १ सय १० रूपैयाँ, धनगढी उपमहानगरपालिका(३, निवासी शिवप्रसाद पौडेलले १५ हजार १ सय ६५ रूपैयाँ, भवन निर्माणका लागि उद्धव सिंह सेठी र महेश्वरीदेवी सेठीले ५ हजार ५ सय ५५ रूपैयाँ, भिमदत्त बिनाडी उपाध्यायले ५ हजार ५ सय ५ रूपैयाँ, गणेशप्रसाद अधिकारी ५ हजार ५ सय ५५ रूपैयाँ, नारायणी जोशीले ५ हजार १५ रूपैयाँ, गोदावरी नगरपालिका-१४, कैलाली निवासी शान्ति बिष्टले पितृहरुको स्मृतिमा ५ हजार ५ रूपैयाँ, रणबहादुर शाहीले ५ हजार ५५ रूपैयाँ दान गर्नुभएको हो ।
त्यस्तै सन्त परमानन्द कृष्ण मन्दिर द्वारा ५ हजार १ सय रूपैयाँ, गोदावरी नगरपालिका-५, कैलालीस्थित स्वाभिमानी समूहद्वारा भवन निर्माण सहयोगार्थ ५ हजार १ सय २५ रूपैयाँ योगदान भएको छ ।
मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाको २०७५ साल मंसिर १ गते धनगढी -५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेको हो । शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय,अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । माघ २३ गतेदेखि सुरू भएको महायज्ञ पशुपति टोलमा ९सुदूरपश्चिम महोत्सव हुने० ३० गतेसम्म सञ्चालन हुने आश्रमले जनाएको छ ।
महायज्ञमा शनिबार वरिष्ठ पत्रकार राजेन्द्र बाँनिया र वरिष्ठ हास्य कलाकार किरण के।सीकोको सहभागिता रहेको थियो भने भोलि पनि कलाकार के।सीको महायज्ञमा प्रस्तुति समेत रहनेछ ।
