श्रम निर्यात गरेका छौं : मन्त्री शर्मा


लेखक : सुन्दराञ्चल      पुस २३, २०७८ मा प्रकाशित     
श्रम निर्यात गरेका छौं : मन्त्री शर्मा

२३ पुस   अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण श्रम निर्यात रहेको बताएका छन् बिहीबार नेपाल निर्यात परिषद् (इकोन)को २४औं साधारणसभा तथा छैठौं निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको भन्दै मन्त्री शर्माले त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जाेड दिए ।

उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी सृष्टि गर्नु नै समस्याको समाधान रहेको जिकिर गरे ।उनले भने, ‘हामीले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेका छौं । यही नै मुख्य समस्या हो । सङ्कटको कारण यही हो । यसलाई समाधान गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु र हाम्रो व्यवसायलाई वृद्धि गर्नु अनि रोजगारी सृष्टि गर्नुको अर्को विकल्प छैन ।’

विभिन्न वस्तुहरूको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । मन्त्री शर्माले इकोनले निर्यातको सानो ‘डोरेटो’ निर्माण गरेको बताउँदै संस्थाको प्रशंसा गरे ।

‘इकोनले निर्यातको डोरेटो बनाएको छ । यसलाई हाइवेमा नबदलेसम्म हाम्रो व्यापार घाटा अन्त्य हुन सक्दैन’, उनले भने, ‘डोरेटो तयार भएकाले अब हामी हाइवेमा बदल्न नयाँ ढङ्गले सोचौं ।’उनले नीतिगत र संरचनागत सुधारका लागि सकार सधैँ प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । त्यस्तै विगतमा बनाइएका आर्थिक नीति तथा सन्धी सम्झौताहरूको समीक्षा गर्ने समय पनि आएको बताए

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap