त्यसरी काम गर्दा गर्दै कार्यस्थलमा हुने दुर्घटनाबापतको बिमा भने सरकारल आफैंले गर्ने भएको छ । कार्यक्रम अन्तरगत काम गर्ने श्रमिक र उसको परिवारलाई कार्यस्थलमा हुने दुर्घटनाको जोखिम र क्षतिलाई न्युन गर्न बिमा अनिवार्य गरिएको कार्यक्रमले बताएको छ ।
अहिलेसम्म कार्यक्रममा सात लाख ८ हजार ४२ श्रमिक सूचीकृत भएका छन् । त्यसमध्ये तीन लाख ७१ हजार पुरुष छन् भने ३ लाख ३७ हजार महिला छन् । यो वर्ष २ लाख श्रमिकलाई न्युनतम् १०० दिनको रोजगारी दिने कार्यक्रमको लक्ष्य छ । अहिलेसम्म ६७१८ जना मात्रैले कार्यक्रम अन्तरगत काम पाएका छन् ।
देशभर पाँच अर्ब ३७ करोड खर्च गर्ने गरी ११ हजार ६०९ वटा आयोजना कार्यक्रम अन्तरगत सञ्चालनको तयारीमा छन् । यो वर्ष १२ अर्ब तीन करोड रुपैयाँ संघ सरकारले कार्यक्रमका लागि स्थानीय तहमा पठाउँदैछ ।तर, अहिलेसम्म ३३ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यो कार्यक्रमको अधिकांश बजेट असार महिनामै मुख्य गरी सडक आयोजनाहरूमा खर्च हुने गरेको छ ।अनलाइनखबर