शेयर बजार निरन्तर ओरालो, ७६.६५ अंक गिरावट


लेखक : सुन्दराञ्चल      भदौ ३१, २०७८ मा प्रकाशित     
शेयर बजार निरन्तर ओरालो, ७६.६५ अंक गिरावट

३१ भदौ, काठमाडौं । शेयर बजारको ओरालो यात्रा यो साताभर कायम रह्यो । बिहीबार समेत बजारले यही ट्रेण्ड पच्छ्याउँदा बजार २८१२.३० बिन्दुमा झरेको छ । साताको अन्तिम कारोबार दिन बजारमा ७६.६५ प्रतिशतको गिरावट देखियो ।

भदौ मसान्त पारी बैंकहरुले व्याजदर सार्वजनिक गरेका थिए । बैंकको व्याजदर बढेसँगै लगानीकर्ता निरास बनेको देखिएको छ । बिहीबार कुल २२९ कम्पनीको १ लाख १३ हजार ८ सय ७ वटा कारोबारबाट १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता शेयर किनबेच भएको छ ।

बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ । यस दिन कुल ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसमूह राताम्मे रह्यो । सबैभन्दा बढी वित्त, हाइड्रोपावर, विकास बैंक, होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ताले गुमाए । बिहीबार मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले बढ्यो । सबैभन्दा बढी गुमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, आईसीएफसी फाइनान्स, लिवर्टी इनर्जीलगायत कम्पनीका लगानीकर्ता छन् । बिहीबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा बढी किनबेच भयो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap