शुक्लाफाँटा नगरपालिकामा वडा अध्यक्ष महराले बैठकको निर्णय पुस्तिका च्याते


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
शुक्लाफाँटा नगरपालिकामा वडा अध्यक्ष महराले बैठकको निर्णय पुस्तिका च्याते

कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं-८ का वडाध्यक्ष बहादुरसिंह महराले कार्यपालिका बैठकको निर्णय पुस्तिका च्यातेका छन् । शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं -५ का वडाध्यक्ष कमलराज गिरीले वैठक सुचारु हुनुपुर्व नै बैठकको निर्णय पुस्तिका  (माइन्युट) वडाध्यक्षले च्यातेको बताए ।

यस्तै उनले रसिद दिएर वडाले रोयल्टी काट्नुपर्ने वडाध्यक्षको मागमा नगरले टेन्डर प्रक्रियमार्फत जानुपर्ने भनेपछि यस्तो भएको बताए ।शुक्लाफाँटा नगरपालिकाले वडाध्यक्षको उक्त शैलीलाई व्यक्तिगत दम्भ तथा अराजक शैली भनेको छ ।

बुधबार नगरको सभाहलमा ११४ औं कार्यपालिका बैठक बसेको अवस्थामा ११ बजेतिर उनले उक्त निर्णय पुस्तिका (माइन्युट बुक) च्यातेको प्रहरीको मुचुल्कामा उल्लेख गरिएको छ ।

नगरपालिकामा हुने शोषण, दमन, अत्याचार, भ्रष्टाचार, अनियमितता र विभेदकारी नीतिविरुद्ध पटकपटक लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि नगर कार्यपालिका जिम्मेवार नभएपछि अन्तिम चेतावनी स्वरूप कार्यपालिकाको निर्णय पुस्तिका च्यातिएको महराले बताएका छन् ।

उनले भनेका छन् यस कदमलाई कमजोरी सम्झी पुन: हर्कत दोहोरिए थप संघर्षमा उत्रिन बाध्य भइनेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap