धनगढी – सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९४ जनाको कोरोना परीक्षण गरिएकोमा १९ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
यस्तै ८३ जनाको रिपोर्ट निगेटिभ आएको छ । गएको २४ घण्टामा १ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् भने १ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत छन्। जस मध्य ६ जनाको आईसियु र २ जनाको भेन्टीलेटरको सहयोगमा उपचार भईरहेको छ ।