२३ पुस, काठमाडौं । हनुमान ढोका दरबार क्षेत्रमा रहेको मल्लकालीन शिलालेख तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।बिहीबार साँझ काठमाडौंबाट एक महिलालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी दिलबहादुर मल्लले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने मल्लले बताए ।
प्रहरीका अनुसार उनको बिहीबार राति नै बयान लिइएको र उनले शिलालेख तोडफोड स्वीकार गरेकी छन् । उक्त शिलालेखको टुक्रा जोडेर संरक्षण गर्ने तयारी भइरहेको हनुमान ढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।