शिलालेख तोडफोडको आरोपमा एक जना पक्राउ


लेखक : सुन्दराञ्चल      पुस २३, २०७८ मा प्रकाशित     
शिलालेख तोडफोडको आरोपमा एक जना पक्राउ

२३ पुस, काठमाडौं । हनुमान ढोका दरबार क्षेत्रमा रहेको मल्लकालीन शिलालेख तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।बिहीबार साँझ काठमाडौंबाट एक महिलालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी दिलबहादुर मल्लले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने मल्लले बताए ।

पुस १५ गते राति हनुमान ढोकाको गणेश मन्दिर अगाडि रहेको शिलालेख तोडफोड भएको थियो । प्रहरीले त्यहाँ रहेको सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गरेर ती महिलालाई पक्राउ गरेको जनसेवाले जनाएको छ ।

प्रहरीका अनुसार उनको बिहीबार राति नै बयान लिइएको र उनले शिलालेख तोडफोड स्वीकार गरेकी छन् । उक्त शिलालेखको टुक्रा जोडेर संरक्षण गर्ने तयारी भइरहेको हनुमान ढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap