बझाङमा चार वटा स्थानिय तहका विद्यालय सञ्चालनमा आए


लेखक : सुन्दराञ्चल      साउन २७, २०७८ मा प्रकाशित     
बझाङमा चार वटा स्थानिय तहका विद्यालय सञ्चालनमा आए

बझाङ – कोरोना का कारण बन्द रहेका बझाङका विद्यालय फेरि सञ्चालनमा आउन थालेका छन् ।

जिल्लाको मष्टा, तलकोट, साइपाल र खप्तडछान्ना गाउँपालिकामा रहेका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । चार वटा स्थानिय तहहरुमा रहेका सम्पूर्ण विद्यालयहरू एक साता अगाडि देखि पुनः सञ्चालनमा आएका छन् ।

गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले बताए । तलकोटका १८ वटा, मष्टाका ३४ वटा, साईपालका ८ वटा र खप्तडछान्ना गाउँपालिकाको ३८ वटा विद्यालय गरी ४ वटा स्थानीय तहमा रहेका ९८ वटा सामुदायिक विद्यालयहरू खुलेका छन् ।

जिल्लाका ८ वटा स्थानीय तह केदारस्यु, दुर्गाथली, थलारा, सुर्मा, छविसपाथिभेरा र वित्थडचिर गाउँपालिका, बुंगल र जयपृथ्वी नगरपालिकामा रहेका विद्यालयहरू भने कहिले खुल्ने भन्ने अन्यौलमा रहेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap