बझाङमा चार वटा स्थानिय तहका विद्यालय सञ्चालनमा आए


लेखक : सुन्दराञ्चल      साउन २७, २०७८ मा प्रकाशित     
बझाङमा चार वटा स्थानिय तहका विद्यालय सञ्चालनमा आए

बझाङ – कोरोना का कारण बन्द रहेका बझाङका विद्यालय फेरि सञ्चालनमा आउन थालेका छन् ।

जिल्लाको मष्टा, तलकोट, साइपाल र खप्तडछान्ना गाउँपालिकामा रहेका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । चार वटा स्थानिय तहहरुमा रहेका सम्पूर्ण विद्यालयहरू एक साता अगाडि देखि पुनः सञ्चालनमा आएका छन् ।

गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले बताए । तलकोटका १८ वटा, मष्टाका ३४ वटा, साईपालका ८ वटा र खप्तडछान्ना गाउँपालिकाको ३८ वटा विद्यालय गरी ४ वटा स्थानीय तहमा रहेका ९८ वटा सामुदायिक विद्यालयहरू खुलेका छन् ।

जिल्लाका ८ वटा स्थानीय तह केदारस्यु, दुर्गाथली, थलारा, सुर्मा, छविसपाथिभेरा र वित्थडचिर गाउँपालिका, बुंगल र जयपृथ्वी नगरपालिकामा रहेका विद्यालयहरू भने कहिले खुल्ने भन्ने अन्यौलमा रहेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap