शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा गराउने अन्तिम तयारी


लेखक : सुन्दराञ्चल      चैत्र ८, २०७९ मा प्रकाशित     
शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा गराउने अन्तिम तयारी

८ चैत, शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा गराउने अन्तिम तयारी भइरहेको जनाएको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बजेट अभावको कारण परीक्षा सञ्चालनमा समस्या आउने नदेखिएको बताए ।

उनले भने, ‘हामीलाई बजेट अभाव हो तर अहिलेसम्मको स्थितिमा परीक्षा सञ्चालन गर्न समस्या होला जस्तो लागेको छैन ।’

उनको भनाई अनुसार बुधबार नै परीक्षा केन्द्रको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

आयोगले बजेट अभावको कारण समस्या भइरहेकोले भन्दै अर्थ मन्त्रालयसँग ४ करोड २० लाख बजेट माग गरेको छ ।

अर्थ मन्त्रालयले नियमित काम नरोक्न भनेकाले आयोगको कुनै पनि काम रोकिने अवस्था नआउने सम्भावना रहेको सूचना अधिकारी मरहठ्ठाले बताए ।

आयोगले गत पुष २५ गते ६८६ पदमा खुलाएको खुला प्रतियोगितात्मक विज्ञापनको परीक्षा चैत १८ गते तोकेको छ । प्रावि तहमा ६ हजार १३ रिक्त पदमा विज्ञापन हुने

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमामा बिहिबार विज्ञापन गर्ने तयारी गरेको छ ।

आयोगको अनुसार प्रावि तहमा नेपालभरको लागि ६ हजार १३ रिक्त पदको लागि विज्ञापन हुनेछ ।

आयोगको सूचना अधिकार सुदर्शन मरहठ्ठाले भने ‘हामी प्रावि तहको विज्ञापन भोलि गर्ने अन्तिम तयारीमा छौं । विज्ञापन रोकिदैन ।’

बजेट अभावको कारण प्रावि तहको विज्ञापन गर्न पनि समस्या हुन सक्ने सम्भावना नभएको मरहठ्ठाले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap