बैतडी पुष २३, बैतडीको पुर्चौडि नगर पालिका वडा नं एक आफाला खिमापुर स्थित निमुन मा वि का नगर शिक्षक विजय राज पन्त द्धारा विद्यालय का टुहुरा, अपाङ्ग तथा जेहेन्दार बालबालिकालाई शिक्षक विजय राज पन्त द्धारा न्यानो लुगा बितरण गरिएको छ । निमुन मा वि विद्यालयमा अध्ययनरत १६ जना टुहुरा, अपाङ्ग तथा जेहेन्दार बालबालिकालाई एक एक थान न्यानो कपडा आफ्नो व्यक्तिगत लगानिमा बितरण गरिएको हो । आज मंगलवार विद्यालयमा एक कार्यक्रमका बिच बितरण गरिएको शिक्षक निराजन भटृले जानकारी दिएको हो ।
वि. व्य. स. अध्यक्ष अम्मर सिंह धामीको अध्यक्षता रहेको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन शिक्षक मान बहादुर धानुकले गरेका थिए ।

प्रधानाध्यापक नर बहादुर धामीले कार्यक्रममा बोल्दै विद्यालयले हरेक आरोह अवरोह पार गर्दै आइरहेको र हरेक समयमा पन्तको साथ सहयोग संगै अतुलनीय योगदान रहेको र यो कार्य विद्यालयको लागि नया तर स्वागत योग्य रहेको र अगामी दिनमा आफुहरुले पनि साथ दिने बताएका थिए भने वि. व्य. स. अध्यक्ष धामिले पनि सम्मान योग्य काम रहेको र राम्रो कामको लागि सबैले लाग्नु पर्ने बताएका थिए ।
विद्यालयमा पानीको चुनौती देखिएकोमा विद्यालय लगाएत आफाला,खिमापुर, सुक्चोरी र सुर्जाङल गाउँका २५ घर परिवार लाई समेत पुग्ने गरि व्यक्तिगत रुपमा पहल गरि ७ किलोमीटर टाढा न्वादेउ बाट खानेपानी पुर्याएको स्थानीय नरदेव भटृले बताए ।

आफुले २०६५ साल देखि निजी शिक्षकको रुपमा कामगरि विद्यालयको विकास को लागि सकरात्मक रुपमा लागि रहेको र टुहुरा, अपाङ्ग तथा जेहेन्दार बालबालिको अवस्था कमजोर महसूस गरे पछि विद्यालय टिमको सकरात्मक सुझाव पाइ न्यानो लुगा वितरण गरको र अगामि दिन यस्ता कार्यहरु गर्ने पन्तले बताए ।

