शल्यक्रियापछि अभिषेक बच्चनले भने, ‘‘मर्द’लाई ‘दर्द’ हुन्छ’


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
शल्यक्रियापछि अभिषेक बच्चनले भने, ‘‘मर्द’लाई ‘दर्द’ हुन्छ’

बलिउड अभिनेता अभिषेक बच्चनलाई फिल्मको सेटमा चोट लागेको  छ । उनको हात भाँच्चिएको छ जसका कारण उनको शल्यक्रिया गर्नुपरेको छ । अभिषेक बच्चनले इन्स्टामा आफ्नो फोटो सेयर गरेर चोट लागेको जानकारी दिएका छन् । अभिषेक बच्चनको दायाँ हात भाँच्चियो, भयो शल्यक्रियाःअभिनेताले लेखे, ‘अघिल्लो बुधबार चेन्नईमा नयाँ फिल्मको सुटिङका बेला सेटमा दुर्घटना भयो । मेरो दायाँ हात भाँच्चियो । यसका लागि शल्यक्रिया गर्नुपर्यो । यसैकारण मुम्बईस्थित आफ्नो घरमा छोटो यात्रा गरेँ । शल्यक्रिया भयो । अब पुनः चेन्नईमा काममा फिर्ता हुँदैछु । भन्छन् नि… शो चलिरहनुपर्छ । मेरा पिताले भन्नुहुन्छ नि ‘मर्द’ लाई ‘दर्द’ हुँदैन । ओके ओक थोरै ‘दर्द’ हुन्छ । तपाईंहरु सबैको प्रार्थना र मेरो शीघ्र स्वास्थ्य लाभका लागि गर्नुभएको मेसेजका लागि धन्यवाद ।’

अभिषेकले जुन फोटो सेयर गरेका छन्, त्यसमा उनको हातमा प्लास्टर राखिएको देखिएको छ । अभिषेकको यो पोस्टमा बलिउड सेलिब्रिटीसमेत थुप्रै प्रशंसकले मेसेज गरेका छन् ।

अभिषेक बच्चन थुप्रै प्रोजेक्टमा देखिनेछन् । उनी बब विश्वासमा देखिनेछन् जसलाई शाहरुख खानको प्रोडक्सन ब्यानर रेड चिलिज इन्टरटेन्मेन्टद्वारा निर्माण गरिँदै छ । यो फिल्म सन् २०१२ को थ्रिलर फिल्म कहानीको स्पिन अफ हो । अभिषेक बच्चन देवसी मूवीमा पनि काम गरिरहेका छन् । यो एउटा सोसल कमेडी मुभी हो । यसलाई रितेश शाहले लेखेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap