धनगढी – सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शनिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ८६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएकोे अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै ८० जनाको रिपोर्ट निगेटिभ आएको छ । आज सम्म २९ जना बिरामी अस्पतालमा उपचारारत रहेका छन् । जसमध्ये २ जनाको आइसीयुमा र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।यस्तै अस्पतालमा थप ३ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । बितेको २४ घन्टामा ३ जना उपचारपछि घर फर्किएका छन ।