व्याँस र दुहुँमा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७८ मा प्रकाशित     
व्याँस र दुहुँमा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी

दार्चुला,२१ भदौ । दार्चुलाको व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकामा सोमबारदेखि खाद्यान्न ढुवानी सुरु भएको छ ।  बाढी पहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्याँस गाउँपालिका २ माल गाउँको लागि खाद्यान्न ढुवानी भएको हो । व्याँस गाउँपालिकाको मालको लागि ५० क्वीन्टल खाद्यान्न ढुवानी हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले जानकारी दिए ।

गत साउन १५ गते देखि भारतीय एसएसबीले महाकाली नदीमा तुइन लगाउन बन्द गराएपछि यो क्षेत्रमा खाद्यान्न अभाव भएको छ । भारतीय एसएसबीले तुइनको डोरी फुस्काइदिदा मालका ३३ वर्षीय जयसिह धामी वेपत्ता भएपछि यो क्षेत्रमा खाद्यान्न ढुवानी हुन सकेको छैन् ।

नेपालतिर सडकको विकल्प नभए पछि नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको हो ।यस्तै दुहुँ गाउँपालिकामा भदौ १३ गते आएको बाढिपहिरो पछि गाउँमा खाद्यान्न अभाव हुन नदिन एक सय क्वीन्टल खाद्यान्न, तीन क्वीन्टल दाल, तेल र नुन, साढे तीन हजार मिटर खानेपानी पाइप हेलिकप्टरमार्फत ढुवानी गरिने जोशीले जानकारी दिए ।

सम्बन्धित गाउँपालिकाको व्यवस्थापननमा गृह मन्त्रालयले हेलिकप्टरमार्फत खाद्यान्न लगायतका सामग्री ढुवानी गर्न हेलिकप्टर दार्चुला पुगेको छ। सदरमुकाम खलंगास्थित नेपाली सेनाको व्यारेकबाट दुहुँ र व्यासको मालको लागि खाद्यान्न ढुवानी हुनेछ ।

अहिले यो क्षेत्रमा आवतजावत गर्न बाटोघाटो समेत ठाउँ ठाउँमा अवरुद्व बनेको छ । दार्चुला तिंकर सडक खण्डको निजाङगाड खोलामा मोटरेवल पूल बगाएको छ । भने त्यो भन्दा माथिल्लो क्षेत्रमा सडक भासिएका छन् ।भारतले जयसिह धामी मृत्यु प्रकरणमा भारतीय एसएसबीको दोष देखाए पछि सीमा क्षेत्रमा तुइन लगाउन कडाइगरेको छ ।

जसको कारण व्यासको दुम्लीङ, मालगाउँ, राप्ला, तुसरपानी लगायतका क्षेत्रमा खाद्यान्न अभाव भएको छ । नेपालतिरबाट पैदल जान यो क्षेत्रमा पुग्न दुई लाग्छ ।पहिलो चरणमा खलंगाबाट नेपाली सेनाको समान सुनसेरा पुर्याउने र त्यसलगत्तै खाद्यान्न ढुवानीको काम सुरु हुने प्रजिअ जोशीले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap