व्यवसायी असुल्छन् मनपरी भाडा, सरोकारवाला निकाय मौन


लेखक : सुन्दराञ्चल      अशोज ६, २०७८ मा प्रकाशित     
व्यवसायी असुल्छन् मनपरी भाडा, सरोकारवाला निकाय मौन

बैतडी, ६ असोज । बैतडी सदरमुकाम गोठलापानीबाट झुलाघाटसम्म १८ किलोमिटरको पक्की सडक छ । यो रुटमा सार्वजनिक जिप बढी चल्छन् । यहाँ सवारी साधनको भाडा ३ सय रुपैयाँ छ । यो सडकमा मात्र नभएर जिल्लाका अधिकांश सडकमा सवारी साधनहरूले मनपरी भाडा असुल्ने गरिरहेका छन् ।

गोठलापानीबाट झुलाघाटसम्म पुग्ने यात्रुहरूले ३ सय भाडा तिरिरहेको दशरथचन्द नगरपालिका–१० का उत्तम चन्दले बताए । यो सडकमा बीचबाटोमै यात्रु झरे पनि ३ सय नै तिर्नुपर्ने बाध्यता रहेको उनले बताए । बाराकोट, त्रिपुरासुन्दरी र बस्कोट झर्ने यात्रुहरूले पनि यतिनै भाडा दिनुपर्ने अवस्था रहेको उनले बताए । उनले भने, ‘यो सडकमा तोकेको भन्दा दोब्बर बढि भाडा तिर्नुपरेको छ । सरोकारवाला निकाय भने मौन छन् ।’

यस्तै पुर्चौडी नगरपालिकाको हाटबाट ढोल्यामोड पुग्नका लागि २३ किलोमिटरको यात्रा गर्नुपर्छ । यो रुटमा यात्रुहरूले ५ सय भाडा तिर्नुपरिरहेको छ । महँगो भाडा तिरेर यात्रा गर्नुपरिरहेको स्थानीय रोहित धानुकले बताए । ‘भाडा त धेरै महँगो छ । त्यही पनि यात्रा गर्नैपर्छ । चर्को भाडा तिरेर आवतजावत गरिरहेका छौं,’ उनले भने ।

महँगो भाडाले स्थानीयले सास्ती भोग्नुपरेको पुरचौर्ड नगरपालिका–४ का नरेन्द्र धानुकले बताए । उनकाअनुसार पालिकाको हाट बजारबाट ढोल्यामोडसम्मको भाडा ५ सय रुपैंया तिर्नु परेको छ । कच्ची र अप्ठेरो सडकको बाहनामा यातायात व्यवसायीले आफूखुसी भाडा असुलिरहेका उनले बताए । पहिले गरिब जनताले भारि बोकेर ५ सय कमाउने सडकमा अहिले ५ सय तिरेर यात्रा गर्नुपरेको उनको भनाइ थियो । कामको लागि घरबाट अन्यत्र जानु पर्ने कमजोर आर्थिर्क अवस्था भएकाहरू धेरै मारमा परेका उनले बताए । पैसा नहुनेहरू बढि भाडा तिर्न नसकेर हिडेरै यात्रा गर्न बाध्य भएका पनि उनले सुनाए । जिल्लाका सडकमा यात्रा गर्नुपर्दा जहिल्यै भाडाभन्दा तेब्बर बढी पैसा तिर्नुपर्ने बाध्यता रहेको दशरथचन्द नगरपालिकाका स्थानीय चन्द्र जोशी बताउछन् । चालक र व्यवसायीले भनेअनुसारको भाडा दिनुपर्ने भएकोले यात्रुले सास्ती भोग्नुपरेको उनले बताए ।

यता प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले अहिले धेरै अधिकार स्थानीय तहलाई भएकाले स्थानीय तहले यात्रुलाई सहज हुने गरी भाडादर तोक्न सक्ने धारणा राखे । आफूहरूले पनि यसमा सहजीकरण गर्ने उनले बताए । आफूलाई यो विषयमा ध्यानाकर्षण भएकाले नियन्त्रणमा पहल गर्ने बताए ।

जिल्लाका सडकमा सबैभन्दा बढी सवारीसाधनका रूपमा जिप सञ्चालनमा छन् । त्यसमध्ये पनि महाकाली यातायात प्रालिमा अधिकांश जिपहरू आबद्ध छन् । जिप व्यवसायीले नै मनपरी भाडा लिइरहेका स्थानीयको गुनासो छ । जिल्लामा धेरै सडक कच्ची छन् । पक्की सडकको निर्धारण गरिएकै भाडादरमा सवारीसाधन सञ्चालनमा रहेका महाकाली यातायात प्रालिका संयोजक लोकसिंह थापाको दाबी छ । कच्ची सडकको हकमा भने आपसी समझदारीमा भाडा तलमाथि हुने गरेको उनले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap