विश्व स्वास्थ्य संगठनद्वारा सरकारलाई १८ लाख अमेरिकी डलर बराबरको सामग्रीहरु सहयोग


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
विश्व स्वास्थ्य संगठनद्वारा सरकारलाई १८ लाख अमेरिकी डलर बराबरको सामग्रीहरु सहयोग

काठमाडौं, २६ साउन । विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयले १८ लाख अमेरिकी डलर बराबरको अत्यावश्यक औषधी र सामग्रीहरु नेपाल सरकारलाई सहयोग गरेको छ ।

मंगलबार एक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकुमा भएको कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालय प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

‘देशमा संक्रमितहरुको संख्या र अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढेको अवस्थामा हामीले अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छौं, विश्व स्वास्थ्य संगठनले कोभिड-१९ गम्भीर बिरामीहरुको उपचार र ब्यवस्थापनमा सहयोग गर्दै आइरहेको छ र आजको हस्तान्तरण कार्यक्रम त्यसको एउटा हिस्सा हो । महामारीको यो समयमा सहयोग प्रदान गर्न पाउँदा हामी खुसी छौं’ डा.राजेश पाण्डवले भने ।

संगठनबाट प्राप्त अक्सिजन कन्सेनट्रेरहरु र अन्य मेडिकल सामग्रीहरुले कोभिड प्रतिकार्यलाई सुदृढ बनाउन आवश्यक श्रोतसाधनको परिपूर्ती गर्न महत्तवपूर्ण भूमिका खेल्ने र यी सामग्रीहरुको आवश्यकता भएका देशभरिका दुरदराज गाउँठाउँमा पुर्याउन मन्त्रालयले काम थाल्ने मन्त्री श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको वितरण योजना अनुसार स्वास्थ्य समग्रीहरु नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साता भित्र सुरु गर्ने लक्ष लिएको पनि मन्त्री श्रेष्ठले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap