विश्व वातावरण दिवसको अवसरमा चैतन्य पाठशालाद्वारा करिव २० जातिका जडीबुटी वृक्षारोपण


लेखक : सुन्दराञ्चल      जेष्ठ २३, २०८१ मा प्रकाशित     
विश्व वातावरण दिवसको अवसरमा चैतन्य पाठशालाद्वारा करिव २० जातिका जडीबुटी वृक्षारोपण

महादेव गिरी

धनगढी जेठ २३, धनगढीमा रहेको चैतन्य पाठशालाले विश्व वातावरण दिवसका अवसरमा पाठशालाद्वारा वातावरण सम्पूर्ण प्राणीका लागि घर हो। वातावरणमा नै प्राणीको अस्तित्व अडिएको छ। भन्ने मुल मन्त्रका साथ आज विश्व वातावरण दिवसको अवसर पारेर चैतन्य पाठशालाका विद्यार्थी, र शिक्षकहरुद्वारा धनगढी उप.महानगरपालिका शिवनगर वडा न. ५ मा रहेको पाठशालाले बातावरण दिवसको अवसरमा बिद्यालयमा बिभिन्न जातिका जडीबुटी हरवल,कपुर,वेलपत्र,बकाँइनु,चोकिमी,किमी,करीब २० जातजातिका बिरुवा वृक्षारोपण गर्नुका साथै कक्षा ९ र १० कक्षाका बिद्यार्थीहरुलाई धनगढी उप.महानगरपालीकामा वडा न. ७ मा रहेको बनस्पती उत्थानमा बिद्यार्थीहरुलाइ बनस्पतीको बार्यमा अवलोकन समेत गराएको पाठशालाका प्राधानाध्यापक कटक बहादुर सिहँले बताए।

बिद्यालयले वातावरणलाई सोच्छ हरीयाली समाजलाई जागरुक गर्ने हेतुले वृक्षारोपण अभियानमार्फत विद्यार्थीले मानव जीवनका लागि स्वच्छ वातावरण अपरिहार्य भएको सन्देश दिएका छन्। संयुक्त राष्ट्रसंघको आह्वानमा पचास वर्ष अघिदेखि मनाउन थालिएको विश्व वातावरण दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको छ । यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइरहेका छ ।

May be an image of 12 people and text

May be an image of 1 person and tree

May be an image of 8 people, tree and textMay be an image of 2 people and treeMay be an image of 1 person and treeMay be an image of 4 people, grass and tree

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap