विश्व वातावरण दिवसको अवसरमा एरिष्टो माध्यमिक बिद्यालयद्वारा सरसफाई


लेखक : सुन्दराञ्चल      जेष्ठ २३, २०८१ मा प्रकाशित     
विश्व वातावरण दिवसको अवसरमा एरिष्टो माध्यमिक बिद्यालयद्वारा सरसफाई

महादेव गिरी

धनगढी  जेठ २३, धनगढीमा रहेको एरिष्टो माविले विश्व वातावरण दिवसका अवसरमा एरिष्टो माविद्वारा सरसफाई अभियान गरिएको छ। आज विश्व वातावरण दिवसको अवसर पारेर एरिष्टो बिद्यालयका विद्यार्थी, र शिक्षकहरुद्वारा धनगढी उप.महानगरपालिका क्याम्पसरोडमा रहेको बिद्यालयले क्याम्पसरोडदेखि ५०० मिटर पूर्व र ५०० मिटर पश्चिमसम्म सरसफाई अभियान सम्पन्न गरिएको विद्यालयलका शिक्षक तेजराज कापडीले बताए।

बिद्यालयले वातावरण सरसफाई सम्बन्धी समाजलाई जागरुक गर्ने हेतुले सरसफाइ अभियानमार्फत विद्यार्थीले मानव जीवनका लागि स्वच्छ वातावरण अपरिहार्य भएको सन्देश दिएका छन्। संयुक्त राष्ट्रसंघको आह्वानमा पचास वर्ष अघिदेखि मनाउन थालिएको विश्व वातावरण दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको छ । यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइरहेका छ ।

May be an image of 6 people and textMay be an image of 5 peopleMay be an image of 8 people and textMay be an image of 2 people and text that says 'គដឈ "Our land. and Our Future" World विश्व World Environment वातावरण दिवस Day Cleanliness Campaign Venue: Campus road Date: Date:2081/02/23 Orgenizer: Aristo English Bearding High School Dhangadhi-8, Koilali'May be an image of 6 people and text

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap