विश्वासको मत पाउँछुः मुख्यमन्त्री शाह


लेखक : सुन्दराञ्चल      फाल्गुन २१, २०७९ मा प्रकाशित     
विश्वासको मत पाउँछुः मुख्यमन्त्री शाह

महादेव गिरी संवाददाता

धनगढी फागुन २१ ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अल्पमतमा रहेका शाहले नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर विश्वासको मत पाउने बताएका हुन् ।
उनले भने –‘प्रदेशमा सबै दलसंग छलफल भएको शाहले बताए । सबै दलको साथ र समर्थनबाटै मैले विश्वासको मत लिने छु ।

सबै दलले सहयोग गर्ने विश्वास लिएको छु । यद्यपी समय–समयमा परिवर्तन भईरहने नेपाली राजीतिले के हुन्छ भन्न सकिदैन् ।’ उनले केन्द्रको राजनीतिक समिकरण अहिले आफनो पक्षमा रहेको बताए ।
प्रदेशमा नेपाली काँग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र स्वतन्त्र प्रदेश सभा सदस्य गरि ४१ जनाको मत आफुले प्राप्त गर्ने बताए ।
उनले सञ्चार क्षेत्रलेनै परिवर्तनको सम्बाहक रहेकाले पत्राकारिता क्षेत्र निष्पक्ष, विश्वसनिय र यथार्थमा आधारित हुनुपर्ने बताए । उनले प्रदेशका विकट क्षेत्रका समस्या लगायतका बारेमा उजागर गर्न पनि सुझाव दिए ।
प्रदेश कार्य समितिका अध्यक्ष मनमोहन स्वाँरको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, नेपाली काँग्रेसका प्रदेश सभा सदस्य, नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनार लगायतको सहभागिता रहेको थियो ।
नेपाल प्रेस युनियनका महासचिव टेकेन्द्र देउवाले स्वागत गरेको कार्यक्रमको सञ्चालन हरिश भट्टले गरेका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap