विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ४२ लाख नाघ्यो


लेखक : सुन्दराञ्चल      साउन १४, २०७८ मा प्रकाशित     
विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ४२ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४२ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ९ हजार ८९९ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख २ हजार ५६५ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७६ हजार ५७८ जनानमा संक्रमण भएको छ । यस्तै थप ४७२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख २८ हजार ८३ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ५३ हजार २७२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा बिहीबार बिहानसम्म ४ लाख २२ हजार ६९५ संक्रमितको मृत्यु भएको
छ ।

यस्तै रूसमा १ लाख ५६ हजार ‍१७८ जना, बेलायतमा १ लाख २९ हजार ४३० जना, फ्रान्समा १ लाख ११ हजार ७३५ जना, इटालीमा १ लाख २८ हजार १० जनाको मृत्यु भएको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ४१ हजार १६४ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख २९ हजार ८५७ छ । पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १७ करोड ८० लाख ७२ हजारभन्दा बढी छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १९ करोड ६६ लाख २४ हजार ४८४ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रीय संक्रिमतको संख्या १ करोड ४३ लाख ४९ हजार ७०३ छ । यसमध्ये ८६ हजार ४७८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap