विश्वकपको सेमिफाइनलमा,स्पेन पहिलो पटक


लेखक : सुन्दराञ्चल      साउन २६, २०८० मा प्रकाशित     
विश्वकपको सेमिफाइनलमा,स्पेन पहिलो  पटक

 काठमाडौं २६ साउन, । टिनएज विंऊर साल्मा पाराल्लुएलाले बेन्चबाट आएर १११औं मिनेटमा निर्णायक गोल गरेपछि साविक नेदरल्याण्ड्सलाई पराजित गर्दै स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

वेलिङ्ऊटनमा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा स्पेनले नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

साविक उपविजेता नेदरल्याण्ड्स भने क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

स्पेनका लागि ७१औं मिनेटमा अल्बा मारिया रेडोन्डो फेररको स्थानमा मैदान प्रवेश गरेकी साल्माले अतिरिक्त समयमा विजयी गोल गरिन् ।

त्यसअघि ८१औं मिनेटमा मारिया काल्डेन्टेले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । तर, स्पेन जित नजिक पुग्दा नेदरल्याण्ड्सका स्टेफानी भान डेर ग्राटले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍याएकी हुन् ।

स्पेनले अब जापान र स्वीडेनबीच शुक्रबारै हुने क्वाटरफाइनल खेलको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।  अनलाइनखबर

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap