विवाहको प्रलोभन देखाएर बच्चा जन्मिएपछि एक पुरुष फरार


लेखक : सुन्दराञ्चल      पुस २४, २०७८ मा प्रकाशित     
विवाहको प्रलोभन देखाएर बच्चा जन्मिएपछि एक पुरुष फरार
धनगढी , पुस २४, — कैलालीको धनगढीमा विवाहको प्रलोभन देखाएर बच्चा जन्मिएपछि एक पुरुष फरार भएका छन्। पीडित महिलाका आफन्तले लामो समय सम्बन्धमा बसेर बच्चा जन्मिएपछि ती व्यक्ति सम्पर्कविहीन भएको गुनासो गरेका हुन्। २०७७ फागुन १९ गते गोदावरी नगरपालिका वडा नम्वर १० का देवहादुर महताले ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मुद्दा नै दायर गरिएको थियो।
जिल्ला अदालत कैलालीले आरोपित महतालाई जन्मकैदको फैसला सुनाएको छ। त्यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्माका ४० वर्षीय गुलाब तासले २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २०७७ फागुन २४ गते मुद्दा दर्ता गरिएकोमा अदालतले आरोपितलाई २२ गते पुर्पक्षका लागि कारागार चलान गर्‍यो।

२० वर्षीया अर्की युवतीलाई २०७७ चैत २ गते गौरीगंगा नगरपालिका वडा नम्वर ३ कुचौनीका २४ वर्षीय आयुष चौधरीले शरीर बन्धक र बलात्कार गरेको भन्दै मुद्दा दायर गरिएकोमा अदालतले ८ गते थुनछेक बहसमा आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो।यी त केवल प्रतिनिधि पात्र मात्र हुन। कैलालीमा एक वर्षको अवधिमा मात्र बलात्कार प्रयासबाट १० तथा बलात्कारको सिकार नै बनेका महिला पीडितको संख्या २० छ।

प्रहरी तथा सामाजिक संघ संस्थाले बलात्कार विरुद्धका अभियान सञ्चालन गरेको दाबी गर्दै आएपनि जिल्लाभित्र भने यी अभियान अर्थहिन भन्दै गएको विषयलाई उल्लेखित तथ्यहरुले प्रमाणित गरेको छ। बालिकादेखि वृद्धासमाथि करणी तथा यौनहिंसा भएको भन्दै जिल्लामा उजुरी बढ्दो क्रममा देखिएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुञ्जेडाले बताए। ‘कतिपय घटना गाउँमै मिलापत्र गर्ने अवस्थाका कारण पनि यस्ता घटनाक्रमहरु बढ्दै गएको देखिन्छ’ उनले भने।

कैलालीमा एक वर्षको अवधिमा ४ वर्षीया बालिकादेखि ८८ वर्षीया वृद्धासम्म बलात्कारको सिकार बन्नु परेको तथ्यांक छ। यो अवधिमा २० जना बलात्कारको सिकार बनेका छन् भने १० जनामाथि बलात्कार प्रयास भएको छ। अविवाहितसँगै विवाहित महिला समेत बर्सेनि बलात्कारको सिकार बन्ने गरेको सरोकारवाला बताउँछन्। यस प्रकारको जघन्य अपराध रोक्न प्रहरी प्रशासनलाई समेत चुनौती भइरहेको छ।

उमेर नपुग्दै केटाकेटीले साथी बनाउने र कतिपय अवस्थामा हुने अनैतिक सम्बन्धका कारण पनि बलात्कारका घटनामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। ‘कतिपय अवस्थामा सहमतिमा सम्बन्ध कायम हुने र कुरा नमिल्दा बलात्कार भयो भन्ने प्रवृत्तिका कारण पनि नियन्त्रण गर्न चुनौती देखिन्छ,’ उनले भने।स्राेत दिनेशखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap