विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार


लेखक : सुन्दराञ्चल      अशोज १०, २०७८ मा प्रकाशित     
विराटनगरमा इँटा व्यवसायीमाथि खुकुरी प्रहार

१० असोज, काठमाडौं । एक इँटा व्यवसायीमाथि विराटनगरमा खुकुरी प्रहार भएको छ । काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि उनकै पार्टनर विराटनगर–६ का २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार दिउँसो सावा १ बजेतिर कार्कीले लामालाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । उनको विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले बताए । पार्टनरसिपको विवाद चर्किँदै गएपछि कार्कीले लामामाथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap