२२ फागुन / बैतडीका विपिन जोशी प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणबाट अझै छुटेका छैनन् । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं १ घर भइ हाल कञ्चनपुर बस्दै आएका जोशी पाँच महिना पुग्नै लाग्दा समेत नछुटेका हुन् ।
नेपालको कूटनीतिक पहल नपुग्दा गत नोभेम्बरको युद्धविराममा विपिन छुटेनन्। त्यसयता विपिनको अवस्था के छ भन्नेसम्म नेपाललाई थाहा छैन । गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसबेला १० जना नेपालीसहित केहीले ज्यान गुमाएका थिए ।
इजरायली थाइल्यान्ड र फिलिपिन्सका नागरिकलाई समेत रिहा गरेको थियो। विपिनका परिवारले उनको मुक्तिका लागि आवश्यक पहल गरिदिन आफैँ र सरोकारवाला निकायमार्फत नेपाल सरकारलाई निरन्तर दबाब दिँदै आएका छन्। इजरायल र हमासबिच फेरि युद्धविराम होला र छोरा फर्केलान् भन्ने आशामा परिवार बाटो हेरिरहेका छन्। युद्धविरामका बेला अन्य मुलुकका नागरिक छुट्दा पनि विपिन जोशी नछुट्नुले नेपालको कूटनीतिक क्षमतामाथि नै प्रश्न उठेको छ।