३ कात्तिक, काठमाडौं । कपिलवस्तुको शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय खोलेकै आधारमा विद्यालयलाई कारबाही नगर्न बाणगंगा नगरपालिकालाई पत्र काटेको छ ।
बाणगंगा नगरपालिकाले दशैं तिहारको बीचमा पठन पाठन गर्ने नगरभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने र नगरपालिकाबाट दिइने कुनै सुविधा नदिने चेतावनी दिएको थियो ।
त्यसपछि इकाइले नगरपालिकालाई पत्र पठाउँदै भनेको छ, ‘नेपाल सरकारले निषेध गरेको समय बाहेक विद्यालय खोली पठनपाठन गरे बापत विद्यालयलाई कारबाही गर्न मिन्ले कानुन संघीय शिक्षा ऐन तथा नियमावलीमा कतै पनि व्यवस्था नभएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’