विद्यालय खुले, विद्यार्थीले पढ्नै भुले


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
विद्यालय खुले, विद्यार्थीले पढ्नै भुले

बैतडी २८ भाद्र । कोरोना संक्रमण जोखिमका कारण लामो समय बन्द विद्यालय सञ्चालनमा आएका छन् । जिल्लाको पञ्चेश्वर, शिवनाथ, सुर्नया, डिलासैनी गाउँपालिका र दशरथचन्द, मेलौली, पाटन नगरपालिकाले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् ।

पुर्चौडी नगरपालिका, सिगास र दोगडाकेदार गाउँपालिकाले भने सञ्चालनको तयारी थालेका छन् । लामो समयसम्म बन्द रहेका विद्यालय सञ्चालनमा आएसँगै विद्यार्थीहरू हौसिएर विद्यालय पुग्ने गरेका छन् । शतप्रतिशत विद्यार्थी विद्यालय आउने गरेको विद्यालयहरूले जनाएका छन् । विद्यार्थीहरूले पढाइ भने भुलेको शिक्षकहरूको अनुभव छ ।

लामो समयपछि विद्यालय पुगेका उनीहरूले पढेका कुरा भुलेर आएको पाटन नगरपालिका–९ को ज्ञानेश्वर माविका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए । ९/१० मै पढ्ने विद्यार्थीलाई पनि आधारभूत कुराहरू सिकाउनपर्ने अवस्था रहेको उनले सुनाए । उनले भने, ‘घरायसी काम र धेरै समयसम्म विद्यालयमा अनुपस्थित हुँदा विद्यार्थीहरूले पढाइ भुलेका छन् । हामीले उनीहरूका कमजोरी पत्ता लगाउँदै पढाइमा सहजीकरण गरिरहेका छौं ।’

अगाडि पढाइएका विषयलाई अहिले फेरि सुरुबाटै पढाइरहेको सहायक प्रधानाध्यापक महराले बताए । आधारभूत कुराहरू सिकाएर कक्षा लिन सुरु गरिएको उनको भनाइ थियो । पाठ घण्टी पनि बढाएको उनले बताए । घरायसी काम र धेरै लामो समय विद्यालय आउन नपाउँदा विद्यार्थीहरू अलमलमा रहेका र धेरै विषयवस्तु भुलेर आएका उनले बताए । आइतबारबाट सञ्चालन भएको विद्यालयमा कक्षा लिन जाँदा कहाँबाट पढाउने भन्नेमै कक्षा सकिएको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीका शिक्षक भवानीदत्त भट्टले बताए । ‘कक्षामा धेरै जनालाई सोधियो २/३ जनाले मात्र भन्न सके,’ उनले भने, ‘ठूलो कक्षाकाले भन्दा सानो कक्षाका विद्यार्थीले पढेका धेरै कुराहरू बिर्सिएको पाइयो ।’ सुरुमा पढेको कुराबाटै पढाइको सुरुवात गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

नियमित रूपमा विद्यालय जान नपाउँदा पढाइमा गाह्रो भइरहेको वीरेन्द्र उच्च मावि शाहीलेककी विद्यार्थी सम्झना गुरुङले बताइन् । उनले भनिन्, ‘घरमा हुँदा पढाइमा ध्यान भएन । अहिले विद्यालयमा त पढेको कुरा फेरि पढ्नु परिरहेको छ । सबै साथीहरूले पढेका कुराहरू भुलेका छन् । शिक्षकहरूले सम्झाइरहनुभएको छ । विस्तारै पुरानो अवस्थामा फर्किहाल्छौं होला ।’

विद्यालय नगएको बेला घरमा बालबालिकाहरूले पढ्नै मन नगरेपछि पढेको धेरै विषय भुलेका दशरथचन्द नगरपालिका–१० की बिना बुडालले बताइन् । उनले भनिन्, ‘मेरा दुई बच्चाले पनि पढाइ बिगारी सकेका छन् । स्कुल जान नपाउँदा यो अवस्था आयो । घरमा भनेकै मान्दैनन् ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पालिकाले निर्णय गरेर वैकल्पिक माध्यमबाट विद्यालय खोल्न सकिने परिपत्र गरेको थियो । विद्यालय खोल्दा स्वास्थ्यका मापदण्ड पूर्ण रूपले अपनाएर मात्र विद्यालय खोल्न भनेको थियो । तर जिल्लामा विद्यालय खुले पनि स्वास्थ्यका मापदण्ड अपनाइएको छैन । विद्याथीहरू बिनामास्क विद्यालय जाने गरेका छन् । विद्यालयले पनि यसको व्यवस्था गर्न सक्ने अवस्था छैन । सेनिटाइजर प्रयोग गर्ने त कुरै भएन । भौतिक दूरी पनि विद्यालयले कायम गर्न सकेका छैनन् ।

विद्यालयमा स्वास्थ्यका मापदण्ड अपनाउन सकिने अवस्थै नरहेको शिवनाथ गाउँपालिका–२ शर्मालीको नागार्जुन माविका प्रधानाध्यापक महामलसिंह धामी बताउँछन् । उनले भने, ‘पहाडमा स्वास्थ्यका मापदण्डको पालनै छैन । विद्यार्थीले सिकेकै छैनन् । विद्यालयमा सिकाउँदा–सिकाउँदा हैरान भइसकियो सम्भवै भएको छैन । विद्यार्थी धेरै छन् ।’ सुरुका केही दिन विद्यालयले मास्क वितरण गरे पनि विद्यार्थीहरूले फेरि प्रयोगमा नल्याउने गरेको उनले बताए । सधैं वितरण गर्न सकिने अवस्था पनि नरहेको उनको भनाइ थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap