विद्यालयमा गएर विद्यार्थी कुट्ने अभिभावक पक्राउ


लेखक : सुन्दराञ्चल      असार १४, २०८० मा प्रकाशित     
विद्यालयमा गएर विद्यार्थी कुट्ने  अभिभावक पक्राउ

असार १४,  दार्चुलाको एक विद्यालयमा गएर विद्यार्थी कुट्ने बैतडीका एकजना अभिभावक पक्राउ परेका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि बस्कोटमा प्रवेश गरेर विद्यार्थी कुट्ने बैतडीका हरिभक्त गिरी पक्राउ परेका हुन् ।

असार ११ गते विद्यालयमा एउटै कक्षामा अध्ययनरत १४ वर्षीय आसुतोष साउद र १३ वर्षीय राजीव गिरीबीच झगडा भएको थियो । आफ्नो छोरालाई कुटेको भन्दै गिरीले साउँदलाई कुटपीट गरेका थिए । बैतडी डिलासैनी गाउँपालिका–६ घर भएका गिरी र लेकम गाउँपालिका–१ घर भएका साउदबीच सामान्य विवाद भएर झगडा भएको थियो ।

उनी दुवै कक्षा ८ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कृष्णदेव विष्टले जानकारी दिए । विद्यार्थीबीच खेल्ने बलामा सामन्य झगडा भएको तर गिरीका बुबा हरिभक्त गिरी विद्यालयमै आएर कुटपिट गरेको उनले बताए । खेल्ने बेला भएको झगडामा गिरीका बुबा हरिभक्त आएर साउँदमाथि विद्यालय परिसरभित्रै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि गिरीलाई पक्राउ गरिएको हो ।

नाबालकमाथि विद्यालयमै कुटपिट भएको भन्दै साउदका अभिभावकले इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनीमाथि अभद्र व्यवहार गर्न नहुने अभियोग लगाएर अनुसन्धान भइरहेको छ । गिरीविरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको सिंहले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap