विद्यार्थीहरूको प्रश्न– हामीलाई मानसिक तनाव कहिलेसम्म ?


लेखक : सुन्दराञ्चल      पुस ११, २०७९ मा प्रकाशित     
विद्यार्थीहरूको प्रश्न– हामीलाई मानसिक तनाव कहिलेसम्म ?

काठमाडौँ पुष ११,। सङ्खुवासभा, धर्मदेवी नगरपालिका–९ का १८ वर्षीय प्रमोसु दाहाल यतिबेला काठमाडौँमा छन् । गत भदौमा प्लस टु को नतिजा आएपछि उनी एमबीबीएसको तयारीमा लागे ।एमबीबीएस पढ्ने सपना बोकेर काठमाडौँ हानिएका उनी यतिबेला तनावमा छन् । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययनका लागि लिनुपर्ने एकीकृत प्रवेश परीक्षा ९इन्ट्रान्स० को फारम नखुल्दा उनी तनावमा परेका हुन् ।

उनीमात्रै नभएर उनीजस्ता हजारौँ विद्यार्थी यतिबेला तनावमा छन् । आयोगको वार्षिक कार्यतालिका अनुसार कात्तिकको तेस्रो सातामा परीक्षाका लागि आवेदन सूचना प्रकाशित गर्नुपर्ने थियो । तर, पुसको दोस्रो साता बित्नलाग्दा समेत आयोगले सूचना निकाल्न सकेको छैन ।

अहिलेसम्म सूचना ननिकाल्दा विद्यार्थीहरू आयोगलाई दिनहुँ फोन गरेर सोध्ने गरेका छन् । जसले गर्दा आयोगका अधिकारीहरू समेत फोनको जवाफ दिँदादिँदा थाकिसकेका छन् ।

‘कात्तिकको तेस्रो सातामा सूचना निकाल्ने भनेको अहिलेसम्म सूचना निकालेको छैन । हामीले दिनहुँ फोन गरिरहेका छौँ । हामी निकाल्ने तयारीमा छौँ भन्ने जवाफ मात्र आउँछ,’ दाहालले भने ।

एकीकृत प्रवेश परीक्षा सञ्चालनमा अन्योल देखिएकाले उनलाई एक वर्ष आफ्नो समय त्यसै खेर जाने हो कि भन्नेमा चिन्ता छ । ‘यताको तयारीले गर्दा अन्य केहीमा पनि भर्ना हुन पाएनौँ । यता कहिले परीक्षा हुन्छ भन्ने टुंगो छैन,’ उनले भने, ‘यता नाम निस्किएन भने अर्को विषय पढ्नबाट समेत वञ्चित हुने भएँ । सूचना निकाल्न पनि किन यति ढिला गरेको होला १ हामी त तनावमा छौँ ।’

आयोगले स्नातकोत्तर तहको भने परीक्षा लिएर म्याचिङको काम थालेको छ । तर, एमबीबीएस, बीडीएस लगायतका कोर्सका लागि भने अझै परीक्षाको मिति समेत तय हुन सकेको छैन ।

एमबीबीएस इन्ट्रान्सको तयारी गरिरहेका विराटनगरका मनिष गोइत पनि काठमाडौँमा बसेर पढ्दै आएका छन् । उनी दोस्रो पटक एमबीबीएस इन्ट्रान्स दिने तयारीमा लागेका हुन् । गत वर्ष राम्रो नतिजा नआएपछि यो वर्ष फेरि दिने तयारीमा रहेका उनलाई पनि ‘परीक्षा कहिले हुन्छ रु’ भन्ने प्रश्नले सताउँछ ।

यतिबेला स्नातक तह अन्तर्गत चिकित्सा शिक्षा अध्ययनको तयारी गरिरहेका ३५ हजारभन्दा बढी विद्यार्थीहरू सूचनाको प्रतीक्षामा छन् । उनीहरू दिनहुँजसो आयोगलाई फलो गर्दै आएका छन् । तर, आयोगले अहिलेसम्म के कति कारणले ढिलाइ गरिरहेको हो भन्ने उनीहरूले पत्ता लगाउन सकेका छैनन् ।

‘ढिलाइ के कारणले भएको हो भन्ने हामीले थाहा पाउन सकेका छैनौँ । आयोगमा फोन गर्दा केही दिनमा सूचना आउँछ मात्र भन्छन्,’ मनिषले भने ।

आयोगका उपाध्यक्ष प्रा। डा। श्रीकृष्ण गिरीले केही दिनमै सूचना प्रकाशित गरिने बताए । चुनावका कारण केही समय ढिला भएको र एक साताभित्रमा सूचना प्रकाशित गरिने उनको भनाइ छ ।

निर्वाचनको कारण स्नातकोत्तर तह ९पीजी० अन्तर्गत एकीकृत प्रवेश परीक्षाको मिति सरेको थियो । जसले गर्दा स्नातक तह ९यूजी० लाई पनि असर परेको उनको भनाइ छ ।

परीक्षामा ढिलाइ भए पनि पढाई भने कार्यतालिका अनुसार नै गरिने उनले बताए । ‘सूचना निकाल्न ढिलाइ भएको हो । परीक्षा पनि केही दिन तलमाथि होला । तर, पढाई भने तोकिएकै समयबाट हुने गरी काम अगाडि बढाएका छौँ,’ उनले भने ।

आयोगले निकालेको कार्यतालिका अनुसार अगाडि बढेको भए अहिले आवेदन फारम भर्ने अन्तिम समयावधि हुनुपर्ने थियो । तर, अहिलेसम्म आवेदन नै खुल्न सकेको छैन ।

आयोगले साउन १० गते शैक्षिक सत्र २०७९÷०८० का लागि वार्षिक शैक्षिक कार्यतालिका सार्वजनिक गरेको थियो । जस अनुसार कात्तिक तेस्रो हप्तामा प्रवेश परीक्षा सूचना प्रकाशन गर्ने थियो । पुस पहिलो साता आवेदन फारम भर्ने अन्तिम समयावधि थियो भने माघ दोस्रो र तेस्रो हप्ता परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि तोकेको थियो । फागुन तेस्रो हप्तामा म्याचिङ सुरु गर्ने र जेठको दोस्रो हप्ताबाट कक्षा सञ्चालन गर्ने कार्यतालिका थियो ।

यता स्नातकोत्तर तह तथा स्पेसियालिटी सहित सबै कार्यक्रमका लागि कात्तिक तेस्रो हप्ता परीक्षा सञ्चालन गर्ने बताएको थियो । तर, परीक्षा भने पुस २, ३ र ४ गते लिएको थियो । स्नातकोत्तर तहको समेत कार्यतालिका अनुसार अगाडि बढ्न सकेको छैन ।

निर्वाचनका कारण यसअघिको परीक्षा मिति स्थगित गरेर पुसमा परीक्षा लिएको थियो । जसले गर्दा कार्यतालिका अनुसार जान नसकिएको उपाध्यक्ष प्रा।डा। गिरीले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap