विजय शाहीलाई गिरफ्तारको माग गर्दै नेपाली ह्याकरहरुले च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डको वेबसाइट ह्याक


लेखक : सुन्दराञ्चल      साउन १९, २०७८ मा प्रकाशित     
विजय शाहीलाई गिरफ्तारको माग गर्दै नेपाली ह्याकरहरुले च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डको वेबसाइट ह्याक

काठमाडाै, १९ साउन । विजय शाहीलाई गिरफ्तारको माग गर्दै च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट ह्याक गरिएको छ । वर्ल्ड रेकर्डको तथ्यांक राख्दै आएको च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट नेपाली ह्याकरहरुले ह्याक गरेका हुन् ।

आफुलाई मेमोरी किङ् बताउँदै आएका शाही पछिल्लो समय विवादमा परेका थिए । उनले ९ सयभन्दा बढी व्यक्तीलाई ठगेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । शाहीलाई गिरफ्तारको माग गर्दै सातान र ब्रम्हा नामक नेपाली ह्याकरले च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सकाे वेबसाइट ह्याक गरेका हुन् ।

सातान र ब्रम्हाले यसअघि विभिन्न नेपाली साइटहरु समेत ह्याक गरेका थिए । कालिकोटका विजय शाहीले २०७६ सालमा ‘मेमोरी किङ’ विधामा विश्व रेकर्ड राखेको दाबी गर्दै आएका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap