वाणिज्य बैंकको निक्षेप ७२ अर्बले घट्दा ९८ अर्बको कर्जा विस्तार


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७८ मा प्रकाशित     
वाणिज्य बैंकको निक्षेप ७२ अर्बले घट्दा ९८ अर्बको कर्जा विस्तार

काठमाडौं २१ भाद्र । चालु आर्थिक वर्षको भदौ १८ गतेसम्ममा वाणिज्य बैंकहरुको ७२ अर्ब रुपैयाँ निक्षेप घटेको छ । यस अवधिमा वाणिज्य बैंकहरुले ९८ अर्ब कर्जा विस्तार गरेका हुन् ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार भदौ १८ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब २९ अर्ब निक्षेप संकलन गरी ३८ खर्ब १९ अर्ब कर्जा लगानी गरेका छन् ।

गत असारमसान्तको अन्त्यसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरेर ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका थिए । गत आवको अन्तिम महिना असारमा वाणिज्य बैंकहरुले २ खर्ब ११ अर्ब निक्षेप संकलन गरेर ७० अर्ब कर्जा परिचालन गरेका थिए ।

गत आवमा बैंकहरुमा असोज, चैत र असारमा निक्षेप उच्चदरले बढे्को थियो भने असोज, पुुस, चैत र असारमै कर्जा प्रवाह बढेको थियो । गत आर्थिक वर्षभरीमा वाणिज्य बैंकहरुमा ७ खर्ब १४ अर्ब निक्षेप थपिएको थियो भने ८ खर्ब १८ अर्बले कर्जा बढेको थियो ।

एकवर्षको अवधिमा बैंकहरुले निक्षेप भन्दा एक खर्ब ४ अर्ब बढी कर्जा प्रवाह गरेका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap